काठमाडौं/ तीन महिनाअघिदेखि सुरु भएको वाम गठबन्धन टुट्ने हल्ला अन्तत: सत्य साबित भएको छ । माओवादी केन्द्रले ओलीको पक्षमा दिएको समर्थन फिर्ता लिएको मात्र नभई माओवादी मन्त्रीहरु सबैले राजीनामा गरिसकेका छन् भने हिजो नै व्यवस्थापिका संसदमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासमा प्रस्ताव समेत दर्ता भइसकेको छ । सामान्यतया कम्युनिष्टहरुमा अरुभन्दा आफूलाई बढी इमानदार र सक्षम ठान्ने प्रवृत्ति हुन्छ । तीव्र महत्वाकांक्षा, अहम् र घमण्डी स्वभावका कारण बेला–बेलामा कम्युनिष्टहरु विवादमा समेत तानिने गरेका छन् । वाम गठबन्धनमा तयार भएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पनि त्यस्तै प्रवृत्तिको शिकार भएको छ । सत्ता साझेदारीका लागि अर्काे कम्युनिष्ट पार्टी तथा संसद् संख्याको हिसाबले तेस्रो ठूलो दल माओवादी केन्द्रसाग केही सहमतिसहित सत्ता साझेदारी गरेको नेकपा एमालेले आफूले पूर्वसहमतिअनुसार काम नगरेपछि माओवादी केन्द्र अन्तत: सरकारबाट बाहिरिएको छ भने ओली सरकार अल्पमतमा परेको छ ।
माओवादी केन्द्रसाग भएका सहमतिलाई पालना नगरेको तथा द्वन्द्वकालीन मुद्दामा सत्तासाझेदार दललाई नै फसाउन खोजेको भन्दै माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको विश्वास फिर्ता लिएको हो । यसअघि पनि सरकार परिवर्तनको प्रयास हुादा विगतका सहमति कार्यान्वयन गर्ने र नयाा सहमतिअनुसार अघि बढ्ने तथा केही भद्र सहमतिको पनि पालना गर्ने समझदारी दुई दलका बीचमा भए पनि त्यसलाई सत्ताको नेतृत्वकर्ता एमालेले बेवास्ता गरेपछि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । यसअघि सत्ता परिवर्तनको प्रयासलाई रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले समेत सरकार परिवर्तन पार्टीभित्र भएका केही नेताहरुको दम्भ र घमण्डका कारण भएको जनाएका छन् । सरकार टिकाउन भएको नौ बुादे सहमति तथा तीन बुादे समझदारीलाई पार्टी नेतृत्वले गम्भीरताका साथ नलिए सरकारलाई कसैले जोगाउन नसक्ने दाबी गौतमले धेरै पहिलेदेखि गर्दै आएका थिए । माओवादी केन्द्रसाग भएका सहमतिलाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले गम्भीरताका साथ नलिादा गौतमले गरेको पूर्वानुमान वास्तविकतामा बदलिएको छ ।
पछिल्लोपटक संविधान निर्माण तथा भारतीय नाकाबन्दीपछि नेपालमा छिमेकी मुलुक भारतले देखाएको अनावश्यक हस्तक्षेपको विरोध गर्दै आएका ओलीले माओवादी केन्द्रको सहयोगकै आधारमा राष्ट्रियताका विषयमा अडान लिने नेताका रुपमा परिचय बनाएका थिए । तर आफ्नै सहयोगी दलसाग भएका सहमतिका विषयलाई भने बेवास्ता गर्दै बेइमानीपूर्ण काम गरेपछि अन्तत: उनले सरकारबाट हात धुनुपर्ने अवस्था आएको छ । प्रधानमन्त्री ओलीले पूर्वसहमतिअनुसार नीति तथा कार्यक्रम र बजेट घोषणापछि सत्ता हस्तान्तरणका लागि माओवादीसाग समझदारी गरे पनि पछि भने त्यस्तो कुनै समझदारी नभएको भन्दै माओवादीलाई चिढाउादै आएका थिए । ओलीले पछिल्लो समय माओवादीलाई पेलेरै जाने र सरकारबाट माओवादी बाहिरिएपछि त्यसको दोष पनि माओवादीलाई नै जाने भन्दै आफौले माओवादीको भरमा अब आफू सरकारमा नबस्ने भन्दै आएका थिए । अझ अचम्मको विषय त के भने ओलीले माओवादीसाग साझेदारीको सरकार सञ्चालन गर्दै गर्दा नै नेपाली कांग्रेसका सभापतिलाई प्रधानमन्त्री बन्न आग्रह गरेको तथ्य बाहिर आएको छ । यसले गर्दा ओलीले पूर्वसहमतिअनुसार माओवादी केन्द्रलाई सत्ता हस्तान्तरण गर्नुभन्दा कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न खोजेको रहस्य पर्दाफास हुन पुग्यो । नेपाली कांग्रेसका सभापति देउवा स्वयंले यसलाई पुष्टि गरेका छन् । एकातर्फ सहमतिको रटान लगाउने र अर्काेतर्फ प्रधानमन्त्री ओली आफौले माओवादी केन्द्रका विरुद्ध योजनाबद्ध रुपमा नै बेइमानी गर्न खोजेको पुष्टि भएको छ । एमाओवादी केन्द्रले त अध्यक्ष प्रचण्डलाई अष्ट्रेलियामा पक्राउ गराउने तानाबाना समेत एमालेकै योजनामा भएको आरोप लगाउादै आएको छ ।
एकातर्फ माओवादीले सरकारलाई समर्थन जनाउादै आउने र अर्काेतर्फ सरकार माओवादी केन्द्रका विरुद्ध आक्रामक बन्दै जाने अवस्था सिर्जना भएपछि माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको माओवादीको तर्क रहेको छ । एमाले र माओवादी केन्द्र दुवैका लागि कांग्रेस वैशाखी बन्नपर्ने अवस्था सृजना हुनुका पछाडि दुवै वामपन्थी दलहरु आफूले अपनाएको सिद्धान्तप्रति इमानदार नभएकै कारणले हो भन्ने कुरा स्पष्ट छ ।