दीक्षित दम्पतीलाई राजस्वले किन पछ्यायो ?

161

काठमाडौं/ राजस्व अनुसन्धान विभागले साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित तथा उनकी पत्नी शान्ता दीक्षितका नाममा सूचना जारी गरी तत्काल विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले बुधबार गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै दीक्षित दम्पतीलाई विभागमा उपस्थित हुन निर्देशन दिएको हो । विभागले विदेशी विनिमयसाग सम्बन्धित विषयको अनुसन्धान तथा छानबिनका लागि सात दिनभित्र उपस्थित हुन दीक्षित दम्पतीको नाममा पत्र पठाएको थियो । तर उनीहरु उपस्थित नभएको र फोन सम्पर्कमा समेत नआएको भन्दै मंगलबार विभागले पक्राउ गर्न प्रहरी टोली समेत पठाएको थियो । तर दीक्षित घरमा नभेटिएपछि उनीहरुका नाममा तत्काल उपस्थित हुन निर्देशन दिादै सूचना जारी गरेको हो । विभागले सूचना प्रकाशित भएपछि पनि उपस्थित नभएमा प्रचलित कानुनअनुसार कारबाही अघि बढाउने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here