‘भाग्यले बााचेकाहरु’ वृत्तचित्रलाई मुम्बईमा अवार्ड

219

काठमाडौं/ ‘भाग्यले बााचेकाहरु’ वृत्तचित्रलाई मुम्बईमा अवार्ड प्रदान गरिएको छ । यस वृत्तचित्रका निर्देशक गणेश पाण्डेले ‘गोल्डेन क्यामरा अवार्ड’ सम्मान पाएका हुन् । गत शनिबार भारतको मुम्बईमा आयोजित विशेष समारोहमा पाण्डेलाई नाशिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका तर्फबाट गोल्डेन क्यामरा अवार्ड– २०१६ प्रदान गरिएको हो ।
उक्त अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पाण्डे निर्देशित ‘भाग्यले बााचेकाहरु’ले ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको थियो । नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा उक्त वृत्तचित्र बनेको छ । नाशिक चलचित्र महोत्सवका कार्यकारी निर्देशक मुकेश कनेरीले आगामी दिनमा नेपाली चलचित्रलाई प्राथमिकता दिने जनाए । उक्त समारोहमा भारतसहित बेलायत, इरानका चलचित्रकर्मीहरुलाई पनि सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।
‘भाग्यले बााचेकाहरु’ले बितेको सात महिनामा ६ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ भने ३२ वटाभन्दा बढी देशमा प्रदर्शनका लागि छनौट भएको छ । साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस वृत्तचित्रको छायांकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् । वृत्तचित्रको सम्राट मुभीजले पोष्टप्रोडक्सन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here