राजु अर्यालको निर्देशनमा ‘दिपज्योति’ निर्माण हुादै

343

चलचित्र निर्देशक राजु अर्यालको निर्देशनमा नयाा चलचित्र ‘दिपज्योति’ निर्माण हुने भएको छ । नायिका जेनिशा केसीलाई अभिनय गराउन लागिएको उक्त चलचित्र त्रिकोणत्मक प्रेमकथामा आधारित रहने जनाइएको छ । चलचित्र सडक बालबालिका विषयमा आधारित रहेको निर्माण पक्षले जनाएको छ । चलचित्र मार्फत सडक बालबालिकाले पनि देश र समाजका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयलाई उठाउन खोजिएको जनाइएको छ ।
चलचित्रमा आनन्द पुन, वासना शाही, बालकलाकार आर्सन खड्का, प्रिती चापागाइालगायत रहने जनाइएको छ । एनपी फिल्मस् प्रोडक्सनको छैटौ प्रस्तुतिस्वरूप निर्माण हुन लागेको चलचित्रका लगानीकर्ता अनिस कुमार मैनाली, मिरा बाानिया क्षेत्री खड्का र बसरुदिन अन्सारी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here