सयपत्री नेपाली कल्चर गु्रप युकेले कलाकारलाई सम्मान गर्ने

356

सयपत्री नेपाली कल्चरल ग्रुप यूकेले नेपाली कलाकारहरूलाई सम्मान गर्ने भएको छ । आफ्नो दशौं स्थापना दिवसको अवसरमा २४ जुलाइका दिन सस्थाले द एम्पायर हल अल्डरसटमा भब्य सांस्कृतिक कार्यक्रम गर्ने तथा कलाकारहरूलाई सम्मान गर्ने जनाएको छ ।
‘सयपत्री सााझ’ शीर्षकमा आयोजना गर्न लागिएको कार्यक्रममा हाल अमेरिका बस्दै आएका कलाकार कन्हैया सिंह, अन्जना गुरुङ र बेलायतमा बस्दै आएका लोकदोहोरी गायक रामजी खााणलाई पनि सम्मान गरिने भएको छ । कार्यक्रममा मनसुधन थापा, प्रभु गुरुङ, कविता घर्तीमगर गुरुङ, महेश गुरुङ, पुष्पा गुरुङ, सुबास गुरुङ, शशी गुरुङलगायतका कलाकारले आफ्नो प्रस्तुति दिने जनाइएको छ ।
त्यस्तै कार्यक्रममा ककाइव ब्याण्डको विशेष सांगीतिक प्रस्तुतिका साथै स्थानीय कलाकारले समेत प्रस्तुति दिने आयोजकले जनाएको छ । उक्त कार्यक्रमलाई निकै भब्य बनाउने तयारी भइरहेको कार्यक्रमका संयोजक एवं सयपत्री कल्चर ग्रुपका सचिव प्रभु गुरुङले जनाएका छन् ।
हाल लण्डनमा रहेका संगीतकार कन्हैया सिंहले लण्डनकै केही स्थानमा हुने सांगीतिक टुरमा सहभागी हुने जनाएका छन् । ‘सयपत्री कल्चरल ग्रुपकै आयोजनामा लण्डनको केही शहरमा हुने कार्यक्रममा कन्हैया र अञ्जनाले प्रस्तुति दिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here