चीनले पनि भारतको संलग्नता देख्यो

166

काठमाडौ/सामान्यतया कुनै मुलुकको आन्तरिक विषयमा खासै टिकाटिप्पणी नगर्ने चीनले प्रधानमन्त्री ओलीको राजीनामाका पछाडि भारतीय हात रहेको दावी गरेको छ । चीनका अन्तर्राष्ट्रिय मामिलासम्बन्धी जानकार तथा संघाई म्युनिसिपल सेन्टर फर इन्टरनेशनल स्टडिजका निर्देशक वाङ देहुवाले चिनियाा सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससाग कुरा गर्दै ओलीको राजीनामाका पछाडि भारतीय हात रहेको दावी गरेका छन् । उनले गत मार्चमा ओलीको चीन भ्रमणका बेला नेपाल र चीनबीच भएका सम्झौताहरूबाट भारत चिढिएको पनि जनाएका छन् । वाङले राजनीतिक रूपमा स्थिर नेपालबाट नै चीन र भारतको सीमा सुरक्षासम्बन्धी चिन्ता हट्ने दावी गरेका छन् । ग्लोबल टाइम्सको कुराकानीमा उनले नेपाल र चीनबीचको सकारात्मक र सहयोगात्मक सम्बन्ध नै भारतको हितमा रहनेसमेत उल्लेख गरेका छन् । वाङले नेपाल र चीनका बीचमा भएको पारवहन तथा यातायात सम्झौता दुई मुलुकको क्षेत्रीय विकासका लागि उपयुक्त रहेको तर रेल लिकका कारण भारतीय भूमिमा सुरक्षा चुनौती थपिएको भन्दै भारत डराइरहेको उनको तर्क छ । उनले भनेका छन्, ‘मलाई विश्वास छ अहिले पनि अधिकांश नेपाली चीनसागको शान्तिपूर्ण र सकारात्मक सम्बन्धको पक्षमा छन् । उनीहरू क्षेत्रीय समृद्धिका लागि चीनसाग भएका सम्झौताहरू कार्यान्वयन हुनुपर्ने पक्षमा छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here