ओलीको बहिर्गमनले भारतमा खुसीयाली

120

काठमाडौ/ प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेसागै भारतमा खुसीयाली छाएको छ । भारतका अधिकांश सञ्चारमाध्यमहरूमा नेपालमा भएको सत्ता परिवर्तको खेललाई उच्च महत्व दिादै एक वर्षदेखि भारतीय प्रभाव कम भएको नेपालमा अब भारतको ‘कमब्याक’ हुने आाकलन गरिएको छ । भारतका कुटनीतिज्ञ, विज्ञ तथा नेपाल मामिलाका जानकारहरूले सञ्चारमाध्यममार्फत आफ्ना धारणा राख्दै नेपालमा कम हुादै गएको भारतीय प्रभाव पहिलेकै अवस्थामा ल्याउने समय आएको उल्लेख गरेका छन् । कतिपय संचारमाध्यमहरूले वर्तमान प्रधानमन्त्री ओली चीनसाग निकट रहेको भन्दै अब बन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल भारतसाग निकट रहेकाले उनको कार्यकालमा भारतले नेपालमा पर्याप्त स्पेस पाउने दावी गरेका छन् । भारतको चर्चित पत्रिका हिन्दुस्तान टाइम्सले ओलीको बहिर्गमनले नेपाली राजनीतिमा भारतको ‘कमब्याक’को संकेत गरेको छ । उक्त पत्रिकाले गत आइतबार एउटा विश्लेषण प्रकाशित गर्दै झण्डै एक वर्ष देखि नेपाली राजनीतिमा आफ्नो प्रभाव जमाउन नसकेको भारतका लागि ओलीको बहिर्गमनले सहज बनाईदिएको जनाएको छ । उक्त पत्रिकाले अब दक्षिण एशियामा चिनियाा प्रभावसमेत कम हुने दाबी गरेको छ ।
पत्रिकामा दाबी गरिए अनुसार भारतले नेपालमा हुने विभिन्न आन्दोलन तथा व्यवस्था परिवर्तन एवं माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने देखि अन्तरिम संविधान निर्माणका साथै नेपाललाई संघीय गणतन्त्रसम्म ल्याउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको भएपनि पछिल्लो केही समय यता भारतीय प्रभाव कम हुादै गएको उल्लेख गरेको छ । पत्रिकाले नेपालको पछिल्लो परिवर्तनबाट भारत असहज र असन्तुष्ट रहेकोसमेत उल्लेख गरेको छ ।
नेपालमा भारतले सूक्ष्म व्यवस्थापन गरिरहेको आरोप लागिरहेका बेला झण्डै एक वर्ष नेपाल मामिलामा हस्तक्षेप गर्न नपाएको भारतले त्यसको इगो साध्दै प्रधानमन्त्री ओलीलाई भारतविरोधीको आरोप मात्र लगाएको छैन, ओलीको बहिर्गमनपछि आफ्नो हस्ताक्षपले पुन: निरन्तरता पाउने खुल्ला रूपमै घोषणासमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here