लगातार ६४ दिनसम्म सुत्ने युवती

86

सामान्यतया मानिस शारीरिक आरामका लागि बेलुका सुत्ने र बिहान उठेर आफ्नो नियमित कर्ममा लाग्छ तर बेलायतमा एक २० वर्षीया युवती लगातार ६४ दिनसम्म सुत्छिन् । सुन्दा आश्चर्य लाग्न सक्छ तर यो सत्य हो । निकोल नामकी ती युवती क्लेन लेभेन सिन्ड्रोम नाम रोगको संक्रमणमा परेकी छिन् जसले गर्दा उनी निरन्तर सुतिरहने डाक्टरहरूको भनाई छ । यस्तो रोग लागेका मानिसमा लगातार सुतिरहने समस्या हुन्छ । निकोल ६ वर्षकी हुादादेखि नै एकपटक सुतेपछि धेरै समयपछिमात्र उठ्ने गर्थिन । सुरुमा उनी दिनमा १८ घण्टासम्म सुत्थिन् तर यो समय बढ्दै ६४ दिनसम्म पुगेको छ । आफ्नो १४ औा जन्मोत्सव मनाउन सबै साथीसंगीलाई बोलाएकी उनी आफु भनें मस्त निऽामा परेकी थिइन् जसले गर्दा साथीहरूसाग आफ्नो बर्थडे मनाउनसमेत पाइनन् । केही समयअघि उनी निऽामै रहेको बेला उनकी हजुरआमाको निधन भएको थियो । विश्वभरमा यस्तो रोग भएका मानिसहरूको संख्या झण्डै एक हजारको हाराहारिमा रहेको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here