संसारकै पहिलो तैरने सुरुङ बन्दै

94

सुरुङ भन्नेबित्तिकै आम मानिसहरूको कल्पनामा जमिनमुनिबाट भूमिगत तरिकाले बनाइएको बाटोको दृश्य आउाछ तर यो मान्यता अव भने पुरानो हुने भएको छ । विकसित मुलुकका रूपमा आफ्नो पहिचान बनाएको नर्बेले सुरुङसम्बन्धी परम्परागत मान्यतालाई तोड्डै समुद्रमा तैरने सुरुङ बनाउने भएको छ । नर्वेले दुई देशलाई जोड्नका लागि पानीमा तैरिने सुरुङ बनाउने भएको हो । यो सुरुङमा बनेको सडकबाट मानिसहरूले एक हजार तीन सय ३० किमीसम्मको यात्रा केही घण्टामा नै पूरा गर्न सकिन्छ । अहिले यो यात्रा गर्नका लागि जहाजमार्फत २१ घण्टा लाग्ने गर्छ ।
सुरुङले ओपोडिक र लेविक नामका दुई गाउालाई जोड्नेछ । पश्चिम नर्वेमा सुरुङको पहिलो चरण पूरा हुनेछ । दुई सय पााच किमीको लम्बाईसागै यो सुरुङ दुनियााको दोस्रो लामो सुरुङ हुनेछ । करिब चार हजार फुट लामो कंक्रिटले यो सुरुङ तयार गरिनेछ । यो सुरुङमा दुई लेन हुनेछ जसका कारण यातायातका साधनहरू सजिलै आहोरदोहोर गर्न सक्छन् । यो सुरुङलाई सन् २०३५ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यो यति धेरै बलियो हुनेछ कि कुनै पनि मौसममा यसको कुनै असर हुने छैन । यो परियोजनामा लगभग २३ अर्ब डलर खर्च हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here