यी हुन्– मोर्चासाग सहमतिका तीनबुादा

149

काठमाडौ/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार निर्माणमा सघाउने सन्दर्भमा नयाा सरकारका सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच हिजो बिहान तीन बुादे सहमति भएको छ । सरकार निर्माणपश्चात मधेशी मोर्चाले उठाएका मागको सम्बोधन गर्ने माओवादी केन्द्र र नेपाली कांग्रेसको प्रतिबद्धतापश्चात त्रिपक्षीय सम्झौता भएको हो । सहमतिपश्चात प्रधानमन्त्रीका एक्ला उम्मेद्वार प्रचण्डलाई मत दिन मधेसी मोर्चा तयार भएको हो । तीन बुादे सहमतिमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनार्थ भएका सबै आन्दोलन, संघर्ष र अभियानलाई सम्मानपूर्वक स्मरण गर्दै बाढी, पहिरो र विनाशकारी भूकम्पबाट उत्पन्न समस्याको निराकरण गर्न र जनजीविकासाग जोडिएका समस्या समाधान गरी देशलाई शान्ति, स्थिरता, आर्थिक उन्नति एवम् विकासतर्फ अग्रसर हुन प्रतिबद्धता व्यक्त गरिएको छ । मधेशी मोर्चासाग भएका सहमतिमा उल्लेख भएका तीन बुादा यसप्रकार छन् – १. संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा/संघीय गठबन्धनले नेपाल सरकार समक्ष प्रस्तुत गरेका मागहरूमध्ये संविधानसाग सम्बन्धित रहेका विषयहरूमा सहमतिका आधारमा सरकारले संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसदमा प्रस्तुत गर्ने ।
२. सरकार गठन भएलगत्तै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनको आन्दोलनको क्रममा तराई मधेसमा भएका हिंसा, हत्या, आगजनी र तोडफोडलगायतका घटनाहरूबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न सरकारले पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने । उक्त आन्दोलनका क्रममा बलिदान भएकाहरूलाई उच्च सम्मान गर्न सहिद घोषणा गर्ने र पीडित परिवारलाई ससम्मान आर्थिक सहयोग उपलब्ध गराउने । अपाङ भएकाहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको सम्पूर्ण उपचार खर्च बेहोर्ने, गिरफ्तार गरिएकाहरूलाई बिनाशर्त रिहाइ गरिने र लगाइएका मुद्दाहरू सरकारले खारेज गर्ने तथा फिर्ता गर्ने र ३. आगामी सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिअनुसार व्यवस्थापिका संसदमा वि.सं २०७३ साउन १९ गते हुने प्रधानमन्त्रीको निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष माननीय पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मतदान गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here