अनौठो मेसिन, जसले पिसाबलाई बनाइदिन्छ खानेपानी

273

मानिसहरू बााचे जे पनि देखिन्छ भन्छन् कतिपय पत्याउन नसकिने घटना पनि पत्याउनुपर्ने वाध्यता हुन्छ । यो दुनियामा असम्भव भन्ने कुरा केही छैन । वैज्ञानिकहरूले यस्तो मेसिन बनाएका छन् जसले मानिसको पिसाबलाई शुद्धिकरण गरेर पिउन लायक पानी बनाइदिन्छ । यो मेसिन सोलारपावरबाट चल्नेछ र विजुली नभएको ठाउामा पनि काम गर्नेछ । पानीको अभाव भएको ठाउामा यात्रा गर्दा यो मेसिन निकै उपयोगी हुनेछ । बेल्जियमको घेन्ट विश्वविद्यालयका शोधकर्ता सेबास्टियन डेरेसेका अनुसार यो मेसिनमा एक विशेष झिल्ली रेको छ जसले सरल प्रक्रियाबाट पिसाबलाई शुद्धिकरण गरी पिउन लायक पानी बनाइदिन्छ । यसले निकै कममात्र उर्जा खपत गर्दछ ।
यो मेसिनको एउटा ट्यांकीमा पिसाब जम्मा हुन्छ जसलाई सौर्य उर्जाबाट चल्ने ब्वाइलरमा उमालिन्छ । उमालिएको पिसाब एउटा विशेष झिल्लीमा छानिन्छ र पिसाबबाट पोटासियम, नाइट्रोजन र फोस्फोरसजस्ता तत्व निकालिन्छ । वैज्ञानिकहरूले उक्त विश्वविद्यालयमा आयोजित एक महोत्सवका क्रममा संकलन गरेको पिसाबबाट १० हजार लिटर पिउने पानी तयार गरे । अब उक्त पानीको प्रयोग बियर बनाउन गरिनेछ । शोधकर्ताका अनुसार, यो मेसिनलाई खेल रंगशाला तथा विमानस्थलहरूमा राख्न सकिएमा निकै फाइदाजनक हुनेछ । साथै सुख्खाग्रस्त तथा सफा पानीको अभाव रहेका विकाशशील देशहरूमा पनि यो मेसिन निकै उपयोगी हुने बताइएको छ । तर आफ्नै पिसाबबाट बनेको पानी पिउन मानिसहरू कत्तिको राजी होलान् भन्नेचाहिा हेर्न बााकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here