पच्चीस सयभित्र हराएका कमरेडहरू

251

हुकुमबहादुर सिंह
नेकपा (क्रान्तिकारी माओवादी) भित्रबाट ‘क्रान्तिकारीहरू ’को एउटा बलियो संख्या एमाओवादीमा प्रवेश गरेलगत्तै त्यो पार्टी माओवादी केन्द्र मात्रै बनेन, नेकपा एमालेसितको सत्ता गठवन्धनलाई तोडेर नेपाली कांग्रेससित नयाा सत्ता गठबन्धनको सुरुवात गर्न पुग्यो । यसले के स्पष्ट बनाएको छ भने नेकपा (क्रान्तिकारी माओवादी) भित्रबाट एमाओवादीलाई रूपान्तरण गरेर नेपाली क्रान्तिलाई पूर्णता दिने नारासहित गएका ‘क्रान्तिकारीहरू ’को एमाओवादीमा भएको प्रवेश क्रान्तिकारी रूपान्तरण त थिएन नै बरु उनीहरूको प्रवेशलगत्तै वामपन्थी गठवन्धनलाई तोडेर उनीहरूले भन्दै आएको दलाल पुाजिपति तथा नोकरशाहा वर्गको पार्टीसित सत्ता गठवन्धन गर्नका लागि क्याटलाइटिक एजेण्टको काम गर्न सफल भयो ।
नेकपा (क्रान्तिकारी माओवादी) भित्रको अन्तरपार्टी संघर्षमा ‘ हिजको मिलेरावाद आजको माक्र्सवाद’भन्ने रामबहादुर थापाको यहि सैद्धान्तिक धरातलमा टेकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ‘मिलेरावाद’को कार्यान्वयन नेपालमा सुरु भएको छ । फ्रान्सका मिलेरा एउटा राष्ट्रवादी थिए, तर रामबहादुर थापाको नेपालका मिलेरामा त्यो चरित्रमा ह्रास आएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिले नेपालको प्रधानमन्त्री हुादा दिल्ली निकै हर्षित देखिएको छ, जबकि उनी नेपालको पहिलोपटक प्रधानमन्त्री हुादा दिल्ली विल्कुलै खुशी थिएन परिणाम कटुवाल काण्डद्धारा उनको सरकारलाई पदच्यूत गर्न दिल्ली सफल भएको थियो ।
त्यसपटक उनलाई प्रधानमन्त्रीबाट हटाउन तत्कालीन रक्षामन्त्री रामबहादुर थापाको बचेखुाचेको क्रान्तिकारिता पनि एउटा कारण बनेको थियो । त्यसबेला प्रचण्डले आफ्नो राजीनामामार्फत भनेका थिए ‘विदेशी प्रभुका अगाडि म झुक्दिन, बरु प्रधानमन्त्रीबाट राजीनामा दिन तयार छु ।’ त्यसबेला उनमा क्रान्तिकारिता र राष्ट्रवादको बलियो संकेत पाइन्थ्यो । तर अहिले उनी प्रचण्ड छैनन् न त रामबहादुर थापा क्रान्तिकारी बादल नै छन् र उनी दुवैका लागि रामबहादुर थापाले भनेझै ‘ हिजको मिलेरावाद आजको माक्र्सवाद’ भएको छ र २०५२ साल फागुण १ गतेबाट जन्मन सुरु गरेका क्रान्तिकारीहरूमध्ये कैयांै माओवादी केन्द्रको पच्चीस सयभित्र हराउन पुगेका छन् र यिनीहरूको दिमागमा अब राष्ट्रिय मुक्ति र वर्गीय मुक्तिका कुरा होइन्, राष्ट्रिय तथा वर्गीय आत्मसमर्पणवादलाई सही मान्ने चिन्तन र प्रवृतिको विकास भएको छ । नेपाली कांग्रेस र दिल्लीसितको आत्मियताले यसैलाई संकेत गर्दैछ । राष्ट्रियता तथा वर्गीयताको सवालमा हिंजोका प्रचण्ड आजका पुष्पकमल दाहाल र हिंजका बादल आजका रामबहादुर थापा दुवैले उल्टो बाटो– राष्ट्रिय तथा वर्गीय आत्मसमर्पणवादलाई समातेर सरकार निर्माण गर्दै छन् । रामबहादुर थापासित क्रान्तिकारी कायमै रहने उद्घोष गर्दै नेकपा (क्रान्तिकारी माओवादी)बाट एमाओवादीमा प्रवेश गरेका अन्य क्रान्तिकारीहरू आखिरमा पच्चीस सयभित्र हराउन पुगेका छन् ।
यो मैले कसैलाई लगाएको आरोप होइन्, स्वयम् हिंजोका प्रचण्डले भनेको ‘विदेशी प्रभुका अगाडि म झुक्दिन, बरु प्रधानमन्त्रीबाट राजीनामा दिन तयार छु ।’ र अहिलेको पुष्पकमल दाहालले पछिल्लोपटक भनेको –‘ भारतले मलाइ चारपटक दण्डीत र चारपटक पुरस्कृत गरेको छ ’ भन्ने अभिव्यक्ति र हिजोका बादलले भनेको –‘ नेपालमा क्रान्ति सम्भव छ, संविधानसभाको निर्वाचन नौटंकी हो ।’ र अहिलेका रामबहादुर थापाको अभिव्यक्ति –‘ हिजोको मिलेरावाद आजको माक्र्सवाद’ को कार्यान्वयनका लागि बनेको पच्चीस सयभित्र हिजोका कैयौ क्रान्तिकारी माओवादी कमरेडहरू हराएर गएका छन् । अस्तु:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here