बियर पिउने जागिर खाएर ६९ लाख कमाए

243

हामीले मानिसले निकै दु:ख गरेर श्रम गर्छ अनि पैसा कमाएको बुझेका छौं तर उल्टै खाएर नै तलब पाइन्छ भन्दा अचम्म लाग्छ । यस्तो जागिरलाई तपाईं के भन्नुहुन्छ, जसले तपाईंलाई संसारभरीको सबै प्रकारको बियर नि:शुल्क पिलाउाछ र तपाईंलाई वार्षिक ६४ हजार ६ सय पचार डलर अर्थात ६९ लाख १० हजार ८ सय २६ रूपैयाा पारिश्रमिकसमेत दिन्छ । यदि तपाईं पनि यस्तै प्रकारको जागिरमा रुची राख्नुहुन्छ भने नेशनल म्युजियम अफ अमेरिकन हिष्ट्रिलाई आफ्नो बायोडाटा पठाउनुहोस् किनभने यो संग्रहालय देशभरीको बियर चाख्ने एक विशेषज्ञको खोजीमा छ । तीनवर्षको कार्य अवधि रहेको यो जागिर संग्रहालयको फूड हिष्ट्रि प्रोजेक्टको एउटा हिस्सा हो जसको उदेश्य अमेरिकामा निर्मित खानाको दस्तावेजीकरण र अध्ययन गर्नु हो । वासिङ्टन डीसिमा अवस्थित यो संग्रहालयले बियर उद्योगसाग परिचित र अनुसन्धान क्षमता भएको व्यक्तिको खोजी गरिरहेको छ । समाचार स्रोत एबीसी नेटका अनुसार, ती भाग्यमानी हिस्टोरियनले बियर पिउनुका साथै लेख लेख्ने, पुराना सामग्रीहरूको संकलन गर्ने र खानालगायत पेय पदार्थको इतिहासको अनुसन्धान गर्नेलगायतका काम गर्नुपर्ने हुन्छ ।
संग्रहालय परियोजनाका प्रबन्धक सुसान इवेन्सका अनुसार, हजारौं मानिसहरूले जागिरको लागि आवेदन दिइसकेका छन् र यसको संख्यामा वृद्धि हुनसक्ने उनले अनुमान गरेकी छिन् । भन्छिन् ‘हामीले जागिरको लागि आह््वान गर्नेबत्तिकै यसले निकै हल्लाखल्ला मच्चाएको छ । यस्तो प्रकारको जागिरको सायद कसैले पनि अपेक्षा गरेका थिएनन् होला ।’ आबेदनको अन्तिम मिति यहि अगस्ट १० तारिखसम्म रहेको बताइएको छ । प्रतिस्पर्धा निकै कडा हुनसक्ने इवेन्सले बताएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here