नेपाली मनोविज्ञान छिचोल्न सजिलो छैन प्रचण्डका लागि

126

चन्द्रप्रकाश वानियाा

यसपटक धेरै बोल्दिन । कुरो कम, काम बढी गरेर देखाउाछु । पछिसम्म सम्झिइनेगरी काम गर्छु ।’ पद तथा गोपनीयताको सपथ लिएको दिनदेखि यस्तै आशयका प्रचण्ड अभिव्यक्तिहरू सार्वजनिक हुने गरेका छन् । साउदी अरबदेखि श्रीलंकासम्ममा अलपत्र परेका नेपालीहरूलाई तत्काल उद्धार गर्ने निर्देशन परराष्ट्र मन्त्रालयलाई दिएका छन् । मन्त्रालय सम्हालेको भोलिपल्टै मधेसी दलहरूसाग सघन वार्ता गरेर संविधान संशोधनका लागि इमान्दार प्रयत्न गर्ने वाचा गरेका छन् । ४५ दिनभित्र सबै भूकम्प पीडित परिवारहरूको हातमा पहिलो किस्ताको अनुदान रकम पुर्‍याइसक्ने कबोल गरेका छन् । विकास निर्माणलाई गति दिने र जनतालाई सेवा प्रदान गर्ने कार्ययोजना तयार गर्ने निर्देशन सचिवहरूलाई दिएका छन् । उनको उत्साह र चेष्टा देख्दा सााच्चै यसपटक यिनले केही गर्ने भए कि क्या हो भन्ने कुराको छनक दिएका छन् । उनको कार्यतत्परताले आफ्नो पहिलो कार्यकालको अकर्मण्यता र अन्योलबाट पाठ सिकेकै हुन् कि जस्तो लाग्न थालेको छ । तर समस्या के रहेको छ भने ‘एकपटकको ढााट, सधौको ढााट’ भनेजस्तो अघिल्लो कार्यकालमा बालुवाटार दरबारको महागो पलङमा आराम फर्माएरै ९ महिने कार्यकाल बिताएका हुन् भन्ने मान्यता समाजले बनाएर बसेको छ । जति नै ताउर–माउर देखाए पनि प्रचण्डले केही गरी पो हाल्छ कि भनेर पत्याउन नेपाली समाजलाई गाह्रो परेजस्तो देखिन्छ । सााच्चै नै जनताका आाखामा पर्ने गरी कामको सबुत प्रमाण नदेखिएसम्म प्रचण्डका आश्वासनमा विश्वस्त हुन नेपालीहरू तयार देखिदैनन् ।

समस्याको कुरा के पनि हो भने हामी नेपालीहरूको स्मरणशक्ति असाध्य कमजोर छ । आजको भोलि नै हाम्रो स्मरणबाट पूर्वघटनाहरूको स्मृति गायब भइहाल्छ । उदाहरणका निमित्त निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई लिन सकिन्छ । २०४६ यता केपी ओली एउटा बाक्लै देखे सुनिएकै नाम हो । पुरानो कुरा बिर्सने हो भने पनि खुला राजनीतिमा सक्रिय हुन थालेको तीन दशक बितिसकेको छ । तीस वर्षको लामो अवधिमा पछिल्लो पौने एक वर्षबाहेक सवा अठ्ठाइस वर्ष उनी पुरै भारतपरस्त नेपालीको रूपमा चिनिएका मानिस हुन् । नाममा कम्युनिष्ट पार्टीको नेता भए पनि उनमा दरबारप्रति प्रगाढ अनुराग पनि थियो । ०६२/०६३ को आन्दोलनको पक्षमा उनी खुलेर लागेका पनि होइनन् । ‘गोरु गाडा चढेर अमेरिका पुगिदैन’ भनेर गणतन्त्रको पक्षमा उभिने आफ्नै सहयोद्धाहरूको उत्साहमा चिसोपानी खन्याउने यिनै केपी हुन् । कालापानी, सुस्तालगायतका सीमा समस्यालाई उनले कहिल्यै भारतको अनाधिकार हस्तक्षेप मानेनन् । २/४ गज जमिन यताउता हुादैमा देशको अस्तित्व मेटिदैन भनेर सुस्ता, कालापानी र टनकपुरलगायतका सीमा अतिक्रमणविरुद्ध आन्दोलित हुन जुर्मुराउने आफ्नै पार्टीका युवा विद्यार्थीहरूलाई हतोत्साहित गर्ने यिनै केपी हुन् । सीमा क्षेत्रमा भारतले एकपक्षीय रूपमा बनाएका बााध, सडक, पुलजस्ता संरचनाका कारणले वर्षायाममा नेपालका सयौ ंविघा खेतीयोग्य जमिन र दर्जनौं गाउावस्तीहरू डुबेको कुरा अन्यायपूर्ण हो भन्नलाई उनको मुख कहिल्यै खुलेन । न त उनले लिपुलेकको स्वामित्व नेपालकै हो भन्न हिम्मत कहिल्यै गरेका छन् । मदन भण्डारी फाउन्डेसनका नाममा ओलीको निजी प्रयोगका लागि भारतले आर्थिक सहयोग पुर्‍याएको वा स्वास्थ्य समस्या समाधानका लागि भारतले मुठी खोलेर खर्च गरेको कुरा खुला रहस्य नै हो । ‘ओलीमाथि भारतको ठूलो लगानी छ’ भनेर भारतीय अधिकारी र नेताहरूले सार्वजनिक रूपमै भन्दै आएको कुरा सञ्चारका श्रव्यदृश्य माध्यमबाट नेपालीहरूका कान र आाखाहरू पवित्र हुादै आएकै छन् । र, पनि यतिबेला नेपालीहरूका आाखामा केपी ओली खर्राट भारतविरोधी ठहरेका छन् । उधुमका राष्ट्रवादी गनिएका छन् ।

हो, पछिल्लो कालखण्डमा खास गरेर प्रदेशहरूको सीमांकन विभाजनको सन्दर्भमा मधेसी चाहनाको विपक्षमा ओली उभिएकै हुन् । सबै विवेकशील नेपालीहरूमा जस्तै त्यो समस्याका सम्बन्धमा भारतको पनि समान धारणा रहेको कुरा सााचो हो । देशभित्रको समस्या आफैले समाधान गर्नुको सट्टा त्यसलाई भारतसाग जोड्ने मूर्खता ओलीबाट भएकै हो । सायद त्यही कारणले हुनुपर्छ ओलीको सत्तारोहणको विपक्षमा लौनचौर दरबार उभिएको देखिएको बुझिएकै कुरा हो । आफ्नो गद्दीरोहणमा बाधा अवरोध पुर्‍याउन खोजेको कारणले ओलीमा भारतप्रति असन्तुष्टि जाग्नु अस्वाभाविक पनि होइन । तर ओलीको पछिल्लो अडान देशको मायाभन्दा बढी व्यक्तिगत प्रतिशोध, रिस, कुण्ठा, हीनताबोध र आवेगको मनोविज्ञान मात्र देखिएको छ । विगत ६/८ महिनायता मात्र ओली भारतविरोधीका रूपमा प्रकट भएका हुन् । दिव्य तीन दशकभर निरन्तर भारतका ‘दासानुदास’को भूमिकामा देखिएका ओलीलाई पछिल्लो ६/८ महिनाको नौटंकीकै आधारमा सााचो देशभक्त मान्ने नेपाली मानसिकता उही स्मरणशक्तिमा रहेको कमजोरीको परिणाम होइन भनेर कसरी भन्न मिल्छ र ?

‘देर आए, दुरुस्त आए’ भन्ने हिन्दी कहावतजस्तै जीवनको सन्ध्याकालमै भए पनि ओलीमा राष्ट्रभक्ति जाग्नु राम्रो कुरा हो । तर समापनतिर तालमा ताल मिलायो भन्दैमा कथ्थकको तालमा ताण्डव नृत्य गर्नेले राम्रो नाच्यो भन्न मिल्दैन । अर्थात पछिल्लो कालखण्डमा देखाएको अडानकै आधारमा उनलाई सत्ताबाट हटाउन खोज्नेहरू सबैलाई राष्ट्रघाती ठहर्‍याउनु विवेकहिनताको पराकाष्टा होइन भन्न मिल्दैन । कटवालकाण्डमा भारतले ठाडो हस्तक्षेप गर्‍यो, राष्ट्रपतिले पनि भारतीय इशारामा नाच्ने नादानी गरे, भारतकै इशारामा ओलीको बहुमत भएको एमालेको केन्दीय समितिसमेत भालु बनेर मदारीको इशारामा नाचेको कुरा सत्यसााचो हो । त्यति हुादासम्म सरकार अल्पमतमा परेको थिएन, तापनि विदेशी प्रभुको ‘एस मेन’ हुनुभन्दा पदबाट राजीनामा गर्नु उत्तम भनेर प्रचण्ड सत्ताबाट बाहिरिएका थिए । माधव नेपालको राजीनामा पछि १७ पटकसम्म प्रधानमन्त्री निर्वाचनको नौटंकी चल्यो । भारतलाई नरुचेको मानिसको पक्षमा गणपूरक संख्या पुर्‍याउन नदिन लैनचौर दरबार खुलैरै लाग्यो । भारतको त्यो अनाधिकार चेष्टालाई लोप्पा ख्वाउन प्रचण्डले झलनाथ खनाललाई प्रधानमन्त्री बनाइ दिए । रिसको झोकमा परम्पराविपरीत खनाललाई भारत भ्रमणको निम्तो नदिने अशिष्टता प्रदर्शन गर्न भारतले लाज मानेन । प्रचण्डले कााधमा नबोकिदिएका भए ओलीलाई प्रधानमन्त्री हुन नदिने भारतको खेलले सफलता पाउने निश्चित थियो । भारतको आशय विपरीत दरो खुट्टो टेकेको प्रचण्डले नै हो । नेपाली समाजको कमजोर स्मरण शक्तिले जसरी ओलीको भारतभक्त पुरानो चर्तिकला बिर्सियो, त्यसैगरी प्रचण्डको भारतविरुद्ध पटक–पटक प्रदर्शन गरेको अडान पनि बिस्र्यो । बिर्सने बानी लागेकाहरूले पुरानो कुरा बिर्सनु अस्वाभाविक होइन । प्रचण्डको विगत बिर्सने र ओलीको इतिहास मात्र सम्झने गरेको भए त्यो पनि अन्याय हुन्थ्यो । तर पुरानो कुरा सबै बिर्सने हो भने पनि ओलीलाई सत्ताबाट हटाउने संसदीय खेललाई अराष्ट्रवादी ठहर्‍याउने कुरा विवेकपूर्ण हो भन्न मिल्दैन । जसरी कालो विगत पैतालामुनी राखेर ओलीलाई सच्चिने र प्रायश्चित्त गर्ने अवसर दिइयो, त्यसैगरी अरुहरूले पनि आफूलाई प्रमाणित गर्ने अवसर पाउनुु न्यायोचित हुन्छ ।

अघिल्लो कार्यकालको नौ महिने सरकारको पालामा प्रचण्डले खास उल्लेखनीय काम गर्न नसकेकै हुन् । जंगलबाट भर्खर–भर्खर सहर पसेका हुनाले शासन प्रशासन बुझ्नमै समय गयो भन्ने उनको आत्मस्वीकृतिलाई मानेर एउटा शर्तमा उनलाई नेपाली जनताले क्षमा गरिदिन सक्नेछन् । अर्थात यसपटक उनले एक/एक दिन आफ्नो कार्यक्षमताको प्रमाणपत्र जनतासमक्ष पेश गर्नुपर्ने छ । त्यो प्रमाणपत्र भनेको जनताका नांगा आाखाले प्रष्ट देख्ने गरी देश हित र जनकल्याणका कामहरू गरेर देखाउन सक्नुपर्ने छ । यो नौ महिने अवधि परीक्षणकाल होइन, कठिन अग्निपरीक्षाको समय हुनेछ । यसपटकको अग्निपरीक्षामा उत्तीर्ण हुनसके मात्र समाजमा परेको असफल र अस्थिर चरित्रको पुरानो छाप मेटिने छ । ओलीले त गफै गरेर लोकप्रियता हासिल गरे । त्यस्तो दुर्लभ अवसर सबैलाई प्राप्त हुादैन । थप ६ महिना ओलीलाई सत्तामा टिक्न दिएका भए उनको झुठको पुलिन्दा आफै च्यातिने थियो । गल्ती प्रचण्डकै हो । ओलीको हातबाट सत्ता खोस्ने अधीरता प्रदर्शन गरेपछि गफ होइन, काम गरेर आफूलाई योग्य सावित गर्नुपर्ने छ । कम्तिमा मधेस समस्यालाई तार्किक निष्कर्षमा पुर्‍याएर संविधान कार्यान्वयनको राजमार्ग सफा गर्ने, भूकम्प पीडितहरूलाई सुरक्षित आवासको व्यवस्था गरिदिने र चीनसाग थााती रहेको विप्पा सम्झौता गरेर मुलुकलाई समृद्धिको मार्गमा अघि बढ्ने बाटो प्रशस्त गराउन सक्नुपर्छ । त्यति गर्न नसक्ने हो भने झोलीझ्याम्टा पोको पारेर राजनीतिबाट सदाका लागि प्रचण्डले सन्यास लिए हुन्छ भन्नु अलि बढ्तै होला तर पूरक परीक्षाको सुनौलो अवसर पाएर पनि असफल भएको भने अवश्य मानिने छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here