जमिन मुनि गाडेको आठ दिनसम्म बच्चा जीवितै

181

यदि कुनै नवजात शिशु जमिनमा गाडेको आठ दिनपछि जीवीतै बाहिर आएमा त्यसलाई चमत्कार नै मानिन्छ । यस्तै चमत्कार चीनमा भएको छ । जहाा एक नवजात शिशुलाई उसका परिवारले जीवीतै जमिनमुनी गाडीदिएका थिए । तर ८ दिनपति उक्त शिशुलाई जीवीतै बाहिर निकालिएको छ ।
लु फेङलिएन नामक एक चिनियाा महिलाले जंगलमा जडीबुटी खोज्दै गर्दा एउटा बच्चा रोएको आवाज सुनिन । तर उक्त आवाज जमीनको निकै तलबाट आइरहेको थियो । उनी सुरुमा डराईन । लगत्तै डौडेर नजिकै रहेका एक बौद्ध भिक्षुलाई बोलाईन । जव दुवैजनाले उक्त आवाज सुने उनीहरू कसैले नवजात शिशुलाई जीवीतै जमिनमा गाडेको निकर्षमा पुगे । उनीहरूले पुलिसलाई जानकारी दिएर बच्चाको आवाज आईरहेको ठाउामा खन्दै गर्दा दुई फिट तल जमिनमा एउटा डब्बा भेटियो । उक्त डब्बा खोलेर हेर्दा जीवीत बच्चा भेटियो । सीएनएन रिपोर्टका अनुसार उक्त बच्चालाई उसकी हजुरआमाले यसकारण जीवीतै जमिनमा पुरिदिईन कि उक्त बच्चाको ओठ काटिएको थियो । बच्चाका बाबुआमाका अनुसार उक्त बच्चालाई आठ दिन पहिले गाडिएको थियो । तर अहिले भने उनीहरूले आफ्नो गल्ती स्वीकार गर्दै बच्चालाई आफूसागै राख्न चाहेका छन् । डाक्टरहरूका अनुसार उक्त नवजात शिशुलाई जमिनमुनि पनि अक्शिजन मिलेको हुनुपर्छ । वर्षाका कारण पानीका केही थोपाहरू बच्चा फेला परेको डब्बाको तलसम्म पुगेको हुनसक्ने डाक्टरहरूको अनुमान छ । तर स्वयं डाक्टहरूले पनि उक्त घटनालाई चमत्कारिक मानेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here