एमाले वैठकवाट गम्भीर आत्मसमीक्षा

117

काठमाडौं । /नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले प्रतिकूल परिस्थितिमा पनि आफू नेतृत्वको सरकारले संविधानको कार्यान्वनय र मुलुकको आर्थिक समृद्धिका लागि उल्लेखनीय काम गरेको दावी गर्नुभएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठकमा बोल्दै ओलीले त्यस्तो दावी गर्नुभएको हो । राष्ट्रिय एकताको सुदृढीकरणसहित छिमेकी राष्ट्रहरूसागको सन्तुलित सम्बन्ध कायम गरी मुलुकको लोकतान्त्रिक प्रक्रियालाई दृढताका साथ अगाडि बढाएको पनि उहााले दावी गर्नुभयो ।

सरकार गठनसागै भएको अनेक षड्यन्त्रलाई चिर्दै सरकारले नौ महिने अवधिमा सरकारको नीति, कार्यक्रम र बजेटमार्फत देशको दीर्घकालीन गन्तव्यको तस्विर जनसमक्ष प्रस्तुत गर्न आफू सफल भएको उहााको भनाई थियो । ‘राष्ट्रिय स्वाभिमान, मुलुकको आत्मनिर्णय, स्वतन्त्रता र राष्ट्रिय अठोटलाई बलियो बनायौा, अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाा शिरबाट माथि उठाउादै नेपाल राष्ट्रलाई विश्वमा चौतर्फी सम्बन्ध कायम गर्नसक्ने हैसियतमा पुर्‍याउने काम गर्‍यौा’ ओलीले बैठकमा भन्नुभएको थियो ‘ माओवादी केन्द्र र उसको नेतृत्वको अस्थिर राजनीतिक चरित्र र पदलोलुपताले सरकारविरुद्धको षड्यन्त्रमा थप बल पुगेको हो, माओवादीको उग्र महत्वाकांक्षा, अवसरवादजस्ता पक्षले उक्त षड्यन्त्रलाई थप बल प्रदान गर्‍यो , माओवादीसागको समीकरण जोगाउन सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्ट मोडालिटी ल्याउन प्रस्ताव गर्दासमेत उहााले त्यसतर्फ कुनै कदम नचालेकाले समीकरण बदलिन पुग्यो । ’एमाले स्थायी कमिटी बैठकले विगत सरकारले गरेको कामकाजलाई अगाडि बढाउन देशव्यापी पार्टी परिचालनको कार्ययोजना अगाडि बढाउने निर्णय गर्दै मुलुकको एकता, समाजिक सद्भाव, संविधानको कार्यान्वयनमा एकताबद्ध भएर अगाडि बढ्ने निर्णय गरेको छ ।

]
बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सैद्धान्तिक रूपमा संविधानको संशोधनप्रति सकारात्मक दृष्टिकोण राख्छ, तर राष्ट्र र जनताको विपक्षमा आउने कुनै पनि प्रस्तावलाई अस्वीकार गर्ने बैठकले स्पष्ट पारेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here