नाच हेर्दाहेर्दै गोली

131

दाङ । देउखुरीको गढवामा तिजको नाच हेर्न गएका दुई व्यक्तिको गोली हानी हत्या भएको छ ।
गढवा – ५ खबरीनाका निवासी ३२ वर्षीय कर्णबहादुर पुनले स्थानीय ३२ वर्षीय राजु रोका र कालु रोकालाई भरुवा बन्दुकले हानेर हत्या गरेको दाङका प्रहरी प्रमुख एवं एसपी धिरजप्रताप सिंहले जानकारी दिए । गोली लागेर गम्भीर घाइते कालु रोकाको उपचारका लागि बााकेको कोहलपुर लैजाादै गर्दा बाटोमै मृत्यु भएको थियो । अर्का घाइते राजु रोकाको लमही स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै खबरी नाकामा स्थानीय तीजको नाच हेर्न भेला भएका थिए । तिजको नाच हेर्न पुगेका रोकाद्वयलाई पुनले पुरानो ‘रिसइवी’ सााध्न गोली हानेको एसपी सिंहले बताए । ‘पुनले योजनाबद्ध रूपमा आक्रमण गरेको देखियो, उसले पहिले नै भरुवा बन्दुक लुकाएर राखेको रहेछ, जब रोकाद्वय मोटरसाइकलमा चढेलगत्तै उसले गोली हान्दा एउटाको घााटी छेड्दै अर्कालाई पनि गोली लागेको पाइएको छ ।’

साढे १० बजे मदिरा सेवन गरेका पुनले रोकाद्वय मोटरसाइकलमा चढ्नेबित्तिकै गोली हानेको खुल्न आएको प्रहरीले बताएको छ । मृतक एक जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा राखिएको छ भने अर्काे शव कोहलपुरमा राखिएको छ । गोली हाल्ने कर्णबहादुर पुन भने फरार रहेको प्रहरीले बताएको छ । पुन भागेर कतै जान नपाउन् भनेर सबै नाका बन्द गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here