सत्ताका लागि सर्त स्वीकार नगर !

216

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही महिनाको ३० गते भारत भ्रमण गर्दै हुनुहुन्छ । नेपालमा नयाा प्रधानमन्त्री निर्वाचित हुनेबित्तिकै छिमेकी मुलुक भारत र चीन भ्रमण गर्ने बिगतको परम्परा अनुसार उहााको भ्रमण पनि लगभग तय भएको छ । नेपालका प्रधानमन्त्रीले छिमेकी मुलुकसागको सम्बन्ध विस्तारका लागि भ्रमण गर्ने भनिएपनि विगतमा भएका कतिपय प्रधानमन्त्रीको भ्रमणबाट नेपालले निकै ठूलो मूल्य चुकाउनु परेका उदाहरणहरू प्रशस्तै छन । त्यसैले नवनिर्वाचित प्रधानमन्त्रीको विदेश भ्रमण अझ त्यसमा पनि छिमेकी भारत भ्रमणका बेला नेपाली जनतामा त्रास र आशंका पैदा हुने गरेको छ । त्यसैले प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारी हुादै गर्दा पनि नेपाली जनतामा त्रास र आशंकाले डेरा जमाउन सुरु गरेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका बेला बढी आशंका किन पनि भइरहेको छ भने उहााले नेतृत्व गरेको सरकार आशंकाकै बीचमा गठन भएको हो र उहाालाई प्रधानमन्त्री बन्न सघाउने दलको इतिहास पनि राष्ट्रघातको कालो धब्बाले पोतिएको छ । त्यसैले आशंका हुनु स्वभाविक पनि हो ।
दुई छिमेकी मुलुकबीच समदूरी सम्बन्ध बनाउनुपर्ने भन्दै आउनुभएका प्रधानमन्त्री प्रचण्ड आफ्नो बिगतको प्रतिवद्धता अनुसार सम्बन्ध विस्तारका लागि दुई मुलुकका राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने प्रयासमा हुनुहुन्छ । तर भारतीय राष्ट्रपतिको भ्रमणका लागि पहल गरिरहेका प्रधानमन्त्री प्रचण्डसामु भारतले पहिलो प्रयासमै सर्त राखेको छ । आफू अनुकुल संविधान संशोधन हुनुपर्ने दबाब दिादै आएको भारतले राष्ट्रपतिको भ्रमणका लागि त्यसलाई अनिवार्य सर्त बनाएको छ । त्यस्तै प्रधानमन्त्रीका विशेष दूुतका रूपमा भारत भ्रमण गरेर फर्किएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसाग पनि भारतीय पक्षले विभिन्न सर्तहरू खडा गरेका सूचनाहरू सार्वजनिक भइरहेका छन् । अब छिट्टै भ्रमण गर्न लाग्नुभएका प्रधानमन्त्रीसामु त भारतीय चासोका विषय तथा महत्वपूर्ण आयोजना हस्तान्तरणका लागि दबाब पर्ने निश्चित नै छ । तर आशंकाको वातावरणमा नौ महिनाको समयावधि पहिले नै निश्चित गरेर प्रधानमन्त्री बन्नुभएका प्रचण्डसामु सरकारसागै पार्टीको अस्तित्व जोगाउनुपर्ने पहिलो चुनौती त छ नै यससागै विगतमा भारतकै विरुद्ध सुरुङ युद्ध सुरु गरेका उहाा आफैंले राष्ट्रिय हितविपरीतका सम्झौताहरू गरेमा माओवादी आन्दोलनको इतिहासमा समेत कलंकको धब्बा लाग्ने निश्चित छ । त्यसैले उहााले मुलुकको हित नहुने कुनै पनि सहमति वा सम्झौता गर्नु उहााको लागि घातक हुने छ ।

सत्ताको आयु पहिले नै निश्चित भएकाले प्रचण्डलाई सत्ता टिकाउन कुनै असमान सम्झौता गर्नुपर्ने अवस्था छैन, त्यस्तै नेपालीहरू कसैको ‘एसम्यान’ बन्न नचाहने अभिव्यक्ति दिादै आउनुभएका उहाालाई भारतको ‘एसम्यान’ बन्न नैतिकताले पनि दिादैन । त्यस्तै सरकार निर्माणका बेला उत्पन्न भएका आशंकाहरूलाई चिर्नका लागि पनि उहााले राष्ट्र हितमा काम गरेर देखाउनैपर्ने वाध्यता छ । केपी ओलीले लिएका केही अडानका कारण नेपाली जनताले ओलीप्रति देखाएको माया र सम्मानबाट प्रचण्ड बेखबर छैनन् । यो छोटो समय उनका सामु पनि केही राम्रो गरेर देखाउने अवसरका रूपमा रहेको छ । त्यसमाथि ओलीले कहाा कमजोरी गरे ती कमजोरीहरूलाई पहिल्याउादै मुलुकको हित हुने काममा लागेमा उनले पनि त्यत्तिकै माया र सम्मान पाउने छन् । तर त्यसका लागि उनले पहिलो तर निकै चुनौतीपूर्ण मानिएको खुड्किलो अर्थात भारत भ्रमणका बेला चट्टानी अडान र राष्ट्रिय हितका लागि बोल्नुपर्ने छ । यति गर्दा उनको सत्ता डगमगाउाछ भने उनले नेपाली जनतामाझ वास्तविकतालाई प्रष्ट रूपमा भनिदिनुपर्छ । जसले गर्दा उनी तथा उनको पार्टी माओवादी केन्द्रले जनताको विश्वास जित्न सक्नेछन् भने जनताले पनि उनलाई साथ दिनेछन् । यसको विपरीत प्रचण्डले पहिले नै आयु निश्चित भएको सरकारलाई तोकिएको आयुसम्म टिकाउन लागि मात्र कुनै गलत सन्धि सम्झौता गरे भनें इतिहासले पक्कै पनि त्यसको खोजी गर्ने छ । उनले गरेका सही कामको सही मूल्यांकन गर्नुपर्ने हुन्छ, खराव कामतिर ध्यान दिएभनें अवश्य पनि सचेत गराउनैपर्छ, प्रधानमन्त्रीको कदमले नै जनतालाई राहत दिन्छ भन्ने अपेक्षा गर्न सकिन्छ यस विषयमा प्रचण्डको ध्यान जाओस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here