वैद्यलाई सेना र आधारइलाकाको चिन्ता

148

काठमाडौ/ नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आफ्नो सेना, सत्ता र आधारइलाकाहरू प्रतिक्रियावादी सत्तालाई बुझाइएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । आफूलाई भेट्न आएका चिनियाा अधिकारीसाग वैद्यले आफूहरू ‘शक्ति बन्दुकको नालबाट निस्कन्छ’ भन्ने माओको भनाइमा विश्वास राख्ने पार्टी भए पनि प्रचण्ड–बाबुरामले जनसेना तथा आधारइलाका प्रतिक्रियावादी सत्तालाई सुम्पेको आरोप लगाउनु भएको छ । द एकेडेमी अफ चाइना एण्ड वल्र्ड एजेण्डाजका डेपुटी डिन डा.सुन लिजोङ नेतृत्वको प्रतिनिधिमण्डलसाग भेट गर्दै वैद्यले सशस्त्र संर्घषबाट मात्र क्रान्ति सम्पन्न हुनेमा आफू दृढ रहेको प्रतिक्रिया दिनुभएको छ ।

लिजोङसागको कुराकानीका क्रममा अध्यक्ष वैद्यले प्रचण्ड र बाबुरामले पार्टीको मर्म, नीति र एजेन्डालाई त्यागेकाले आफूहरूले छुट्टै पार्टी निर्माण गर्नुपरेको जानकारी गराउनुभयो । उहााले प्रचण्ड संसदीय व्यवस्थामा विलिन भएको भन्दै आफूहरूले संसदीय व्यवस्थाका विरुद्ध नयाा जनवादी व्यवस्था स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा वैद्यले नेपालमा नामका कम्युनिष्टहरू धेरै भए पनि कामका कम्युनिष्टहरू निकै कम भएको जानकारी पनि चिनियाा प्रतिनिधिमण्डललाई गराउनु भएको थियो ।

यसैबीच वैद्यले नेकपा (माओवादी केन्द्र) संसदीय व्यवस्थामा डुबिसकेको आरोप लगाउनु भएको छ । क्रान्तिकारी पत्रकार महासंघले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले नयाा जनवादी क्रान्ति सम्पन्न नगरी लोकतान्त्रिक गणतन्त्रमा जानु संसदीय व्यवस्थामा डुब्नुसरह भएको दावी गर्नु भएको छ । उहााले चारैतिरबाट आक्रमण गरेर क्रान्तिकारी विचारलाई ध्वस्त पार्न दक्षिणपन्थी अवसरवाद र नव संशोधनवादीहरू लागे पनि असफल भएको दावी गर्नुभयो ।

त्यसैगरी अर्काे एक कार्यक्रममा अध्यक्ष वैद्यले सत्ताका लागि हजारौं जनताको बलिदानीलाई बिर्सिएर प्रचण्ड र बाबुरामले अरुको इशारामा क्रान्तिलाई धोका दिएको आरोप लगाउनु भएको छ । बााकेको कोहलपुरमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वैद्यले नेपाली जनताले पूर्णरूपमा अधिकार नपाउादै दाहाल–भट्टराईलगायतका व्यक्तिले सत्तामा पुग्न आत्मसमर्पण गरेको आरोप लगाउनु भयो ।

वैद्यले अहिले पनि चीनभन्दा भारतले नेपालको राजनीतिमा हस्तक्षेप गरिरहेको भन्दै आफूहरू निरन्तर खबरदारी अभियानमा लागेको जानकारी दिनुभयो । पार्टी एकीकरणको नाममा दाहालले नयाा जनवाद छाड्नुपर्ने शर्त अगाडि सारेकाले नै आफूहरू एकतामा नगएको जानकारी दिादै वैद्यले नयाा जनवाद कुनै पनि हालतमा नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो कार्यक्रममा नेकपा (माओवादी क्रान्तिकारी) का उपाध्यक्ष सीपी गजुरेलले पार्टीलाई गाउा–गाउासम्म कसरी बलियो बनाउने भन्नेबारेमा आफूहरू केन्द्रित रहेको जानकारी गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here