८ सय तिरे एक दिन जेलभित्र बस्न पाइने

140

जेल भन्ने शब्द नै नराम्रो हो । कुनै गलत काम गरेपछि मानिस जेल जान्छ तर भारतमा मानिसहरू रहरको लागि पैसा तिरेर जेल बस्छन् । जेलभित्र बस्न रहर लाग्छ र बसेबापत उल्टै पैसा तिर्नुपर्छ भन्दा अचम्म लाग्न सक्छ तर भारतको तेलंगानाको मेडक जिल्लामा रहेको एउटा पुरानो जिल्ला जेलले यस्तो व्यवस्था गरेको हो । जसअनुसार जेलका कोठाहरू इच्छुक मानिसहरूलाई २४ घण्टाका लागि भाडामा दिइनेछ । यसका लागि प्रतिकोठा त्यहीाको ५ सय रूपैयाा तिर्नुपर्छ । पैसा तिरेपछि जेलबासको लागि नाम दर्ता गराएर एकदिन पूर्ण कैदीको रूपमा जेलभित्र बस्न पाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here