एउटा गाउा, जहाा मानिसहरू महिनौासम्म सुत्दछन्

248

कजाकिस्तानमा एउटा यस्तो गाउा छ, जहाा पुग्नेबित्तिकै जोकोहीलाई निद्रा लागिहाल्छ । यस्तो निद्रा केही दिन, केही महिना मात्र होइन केही वर्षसम्मको समेत हुनसक्छ । पछिल्लो ६ वर्षदेखि गाउामा यस्तो सुत्ने महामारी फैलिएको छ ।
सन् २०१०मा यो गाउाका मानिसहरू एकाएक गहिरो निद्रामा परे । मानिसहरूलाई जुनसुकै बेला तथा जुनसुकै ठाउा र काममा भए पनि एक्कासी निद्रा आउन थाल्यो । निदाएका मानिसहरू कति केही दिनमै ब्युाझे पनि कतिलाई ब्युाझिनका लागि महिना र वर्षौं दिनसम्म लाग्यो । गाउाको त्यो रहस्यमय निद्राको कारण पत्ता लागेको छैन । सरकारले कारण पत्ता लगाउन नसकेर उल्टै गाउालेहरूलाई गाउा छाड्न अपिल गरेको छ । गाउाका ८ सय १० जना मानिसहरूमध्ये २ सयभन्दा बढीलाई निद्राको महामारीले समातिसकेको छ र यो संख्या अझै बढिरहेको छ । ‘कचाली’ नामक उक्त गाउाको रहस्यमय निद्राको कारण खोतल्न विभिन्नखाले अध्ययन नभएका होइनन् । कतिपय शोधकर्ताहरूले कार्वन मोनोअक्साइड ग्यासका कारण मानिसहरूमा यस्तो कुम्भकर्णी निद्रा आएको दाबी गरेका छन् । गाउाको वायुमण्डलमा सामान्यभन्दा १० गुणा बढी कार्बन मोनोअक्साइड पाइएको छ र गाउा नजिकै रहेको युरेनियम खानीबाट विषाक्त कार्बन मोनोअक्साइड ग्यास गाउाको वायुमण्डलमा आएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here