नवौं नेफ्टा अवार्ड पुस ८ गते दुबईमा हुने

178

काठमाडौं/ नवौं नेफ्टा अवार्ड यस वर्ष पनि विदेशमा हुने भएको छ । आउादो डिसेम्बर २३ अर्थात् पुस ८मा नवौं नेफ्टा अवार्ड हुने भएको हो ।
आइतबार राजधानीमा प्रेसमिट गरी नेफ्टा अवार्डको घोषणा गरिएको हो । चलचित्र प्राविधिक संघको आयोजनामा हुने यस ‘नेफ्टा फिल्म अवार्ड’को नवौं संस्करण विदेशमा नै गर्नुपर्ने किन भन्ने सञ्चारकर्मीको प्रश्नमा नेफ्टा अध्यक्ष पुष्कर लामाले विदेशमा नेपाली फिल्म बजारमा विस्तार गर्नु मुख्य कारण रहेको बताए ।
दुबईको लागि मध्यस्थकर्ता बनेका स्पेक्ट्रम एड्भरटाइजिङ एण्ड मिडिया कन्सल्टेन्टका तर्फबाट राजकुमार भट्टराईले कार्यक्रमको उद्देश्य तथा विदेशमै अवार्ड गर्नुको कारण प्रष्ट्याएका थिए । अवार्डमा नेपालबाट सयभन्दा बढी फिल्मकर्मी र सञ्चारकर्मीहरू जाने बताइएको छ ।
विगतको वर्षमा ३४ विधामा हुादै आएको अवार्डमा यो वर्ष भने २८ विधामा मात्र अवार्ड दिने जानकारी दिइयो । तारेहोटलमा सम्पन्न कार्यक्रममा विभिन्न फिल्मकर्मीहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here