यी हुन् माउसुलीको सुप खाने मान्छे

351

विदेशी टेलिभिजनमा देखिने विभिन्न एडभेन्चर शोहरूमा मानिसहरूले सर्प, किराफट्यांग्रा तथा छेपारोलगायतका जीवहरू खाएको देख्नुभएकै होला ।

यस्ता टेलिभिजन कार्यक्रममा देखाइएजस्तै सााच्चै उनीहरूले ती चिज खान्छन् कि खान्नन् त्यो दर्शकलाई थाहा हुने कुरा भएन । तर भारतमा भने एक जना यस्ता व्यक्ति छन्, जो माउसुलीको सुप नखाईकन बस्नै सक्दैनन् । भारतको मध्यप्रदेशस्थित मैना गाउामा बस्ने कैलाश नामका व्यक्ति माउसुली खाने कुराको शौखिन व्यक्ति हुन् । जसका कारण उनलाई मानिसहरूले विषपुरुषको नामले चिन्दछन् । पछिल्लो २० वर्षदेखि उनले माउसुली पकाएर सुप खाने गरेका छन् ।
यति मात्र कहाा हो र उनले माउसुली उमालेको पानी नै दिनहुा पिउाछन् । सुत्नुअघि यिनले तीनवटा माउसुलीको सुप पिउाछन् । माउसुलीको सुप नपिएसम्म आफूलाई निद्रा नै नलाग्ने उनी बताउाछन् । अहिलेसम्म आफूले विभिन्न ६० प्रकारका जीवजन्तुको स्वाद चाखिसकेको उनको भनाइ छ । अचम्मको कुरा उनलाई सर्पको विषले पनि असर गर्दैन । गाउामा कसैलाई सर्पले टोक्यो भने उनले उक्त मानिसको शरीरबाट सर्पको विष चुसेर मानिसको ज्यान बचाइदिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here