संविधान संशोधनमा एमाले नझुक्ने

198

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैको स्वार्थमा संविधान संशोधन नहुने अडान दोहोर्‍याएका छन् । थाइल्याण्डको बैंककमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले संविधान संशोधनमा सहयोग नगर्ने स्पष्ट परेका छन् ।
दुई साता लामो उपचारपछि गत सोमबार थाइल्याण्डबाट फर्किएका ओलीेले संविधान संशोधनको औचित्य प्रष्ट पार्न सरकारलाई आग्रह गरेका छन् । ‘कुनै दबाब र बहकाउमा कुनै पनि हिसाबमा देशको अहित हुने गरी र लोकतन्त्रलाई अप्ठ्यारो पार्ने गरी कसैको स्वार्थ सम्बोधन गर्ने नाममा संविधान संशोधन गर्ने विषय होइन,’ ओलीको स्पष्ट भनाइ छ ।
संविधानको यो बुादामा यसरी संशोधन गर्ने भन्ने आफूलाई हालसम्म कुनै जानकारी नआएको भन्दै संशोधनको कुरा अखबारी हल्ला मात्रै भएकोसमेत ओलीले जिकिर गरे ।
आन्दोलनकारीको मागअनुसार एकपटक संविधान संशोधन भइसकेको भन्दै ओलीले पटक–पटक संविधान संशोधन गर्न नहुनेमा जोड दिएका छन् । मधेशी दलहरूको कुनै माग नभएको बरु अर्घेल्याइा मात्रै भएको ओलीको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here