करोडपति कुखुरो, जो सुनको ओछ्यानमा सुत्छ !

406

एउटा कुखुरो करोडपति हुन्छ भन्दा हामीलाई विश्वास नलाग्न छ । तर दुनियाामै धनी करोडपति यस्तो कुखुरो छ, जो सुनको ओछ्यानमा सुत्छ । त्यति मात्र नभएर करोडपति मान्छेले भन्दा बढी चैन काटेको छ । यो कुखुराले नोकरचाकर कज्याएको छ र उसका महंगा गाडी पनि छन् ।

कुखुराको सुरक्षाका लागि सेक्योरिटी गार्ड छन् र उसलाई मनपर्ने खाना बनाएर खुवाउन शेफको पनि व्यवस्था गरिएको छ । त्यो भाग्यमानी कुखुराको नाम हो गिगू । यो पोथी कुखुरी आम सर्वसाधारण अमेरिकी भन्दा पनि धनी छ । यो बेलायती कुखुरा सन् २००२ मा करोडपति भएको हो जब जब उसका मालिक माइल्स ब्लाकवेलको मत्यु भयो । ब्लाकवेलको मृत्युपछि उनकै इच्छा बमोजिम उनको १५ लाख डलरको सम्पत्तिको उनको प्रिय कुखुरा गिगूको नाममा भयो ।ब्लाकवेल र उनकी श्रीमतीको ३ हप्ताकै अन्तरालमा मृत्यु भएको थियो । त्यसको एक वर्षअघि त्यो दम्पतीले आफ्नो व्यवसाय बिक्री गरी बेलायतको ग्रामीण इलाकामा गई भेडा तथा कुखुरा पालन गरी बसेका थिए । उनले घरमा पालेको कुखुरामध्ये गिगू सबैभन्दा प्यारो थियो र आफ्नो सम्पत्ति शेषपछि उसैको नाममा हुने बकसपत्र उनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here