प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण ऐतिहासिक बनोस्

168

नेपालको दुई छिमेकी मुलुकहरूसागको सम्बन्ध, उनीहरूले नेपालसाग गर्ने व्यवहार, छिमेकी मुलुकका राष्ट्रप्रमुखहरूले गर्ने भनिएको भ्रमण र नेपालले भावी दिनमा छिमेकी मुलुकहरूसागको सम्बन्धलगायतका विषयहरूले व्यापक चर्चा पाइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सुरु भएको छ । थोरै आशा र धेरै आशंकाका बीच हुन लागेको भ्रमण यस्तो अवस्थामा हुन लागेको छ, जतिबेला यहााको सरकार परिवर्तनमा भारतले भूमिका खेलेको, नेपालको आन्तरिक मामिलामा भारतले ‘स्पेस’ खोजिरहेको तथा चिनियाा राष्ट्रपतिको सम्भावित भ्रमण स्थगित गर्न भूमिका खेलेकोलगायतका आरोपहरू भारतमाथि लागिरहेका छन् । अर्काेतर्फ प्रधानमन्त्री प्रचण्डलाई समेत भारतीय स्वार्थमा काम गरिरहेको आरोप समेत विभिन्न पक्षहरूले लगाइरहेका छन् । यस्तो बेलामा प्रधानमन्त्रीको भ्रमणका बेला मुलुकको अहित हुने कुनै सन्धिसम्झौताहरू हुने हुन् कि भन्ने आशंकासमेत आमजनतामा उत्पन्न भएको छ । त्यसैले यो भ्रमण प्रधानमन्त्रीका लागि खुकुरीको धारमा हिाड्नुजस्तै रहेको छ । भ्रमणका क्रममा उहााबाट अनजानमा हुने सानो भूललाई पनि माफी दिने पक्षमा वर्तमान नेपालको सेन्टिमेन्ट देखिादैन । कारण निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संवेदनशील अवस्था अर्थात् नाकाबन्दीका बेला देखाएको राष्ट्रवादी भूमिकाबाट प्रभावित नेपालीहरूले नयाा प्रधानमन्त्री प्रचण्डलाई अहिले पनि आशंकाकै दृष्टिकोणले हेरिरहेका छन् । यस्तो अवस्थामा सानो गल्तीलाई पनि ठूलो ठान्ने निश्चित छ । त्यही सानो गल्ती प्रधानमन्त्री प्रचण्ड र उहााले नेतृत्व गरेको दल नेकपा माओवादीका लागि अभिशापसिद्ध हुने निश्चित छ । त्यसैले यस्तो संवेदनशील अवस्थामा उहााले पनि संवेदनशीलता देखाउन आवश्यक छ ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण जति चुनौतीपूर्ण छ, त्यति नै अवसर पनि । विगतको उदाहरण हेर्दा हरेक कुरामा अड्को थाप्ने प्रतिपक्षका कारण सरकारप्रमुखको भ्रमणमा केही तालमेल नमिलेको जस्तो देखिन्थ्यो । यसपटक प्रतिपक्ष एमालेले उहााको भ्रमणका लागि असहज वातावरण बनाएको छैन । बरु प्रतिपक्ष दलका अध्यक्षसहितका शीर्ष नेताहरूले भेटेर प्रधानमन्त्रीको भ्रमण प्रशंसा गर्न लायक होस् भन्ने शुभेच्छा प्रकट गरेका छन् । यतिमात्र होइन मुलुकको हितमा हुने कुनै पनि काम गर्न उहाालाई छुट छ । कतिसम्म भने प्रतिपक्षले त आफूले विगतमा गरेका गल्तीलाई समेत स्वीकार्दै गल्ती सुधार्ने मौका उहाालाई दिएको छ । यो एउटा अभिभावकत्व बहन गर्ने ठूलो अवसर हो । त्यस्तै गत वर्षको भारतीय नाकाबन्दीपछिको अवस्थामा जनताहरूमा राष्ट्रवादी भावनाले निकै ठूलो स्थान पाएको छ । उनीहरू राजनीतिक दल र सरकारले पनि जनताको भावनालाई बुझून् भन्ने अपेक्षा राखिरहेका छन् । यस्तो भावनाका बारेमा प्रचण्ड आफौले पनि जानकार रहेको कुरा पटक–पटक दोहोर्‍याउादै आउनुभएको छ । उहाा आफौमाथि पनि विभिन्न आरोप र आशंकाहरूले पछ्याइरहेका छन् । यस्तो अवस्थामा भ्रमणलाई ऐतिहासिक बनाउनका लागि पहिलो कुरा त उहााले मुलुकको अहित हुने कुनै पनि कुरामा सहमति वा हस्ताक्षर गर्ने कोसिससमेत गर्नुहुादैन । दोस्रो कुरा नेपालको आन्तरिक मामिलालाई व्यवस्थापन गर्न नेपाली आफौ सक्षम छन् भन्ने कुराका बारेमा छिमेकी मुलुक भारतलाई प्रष्ट पार्न आवश्यक छ । यस्तो प्रयास केही हदसम्म गरेका कारण केपी ओलीको राष्ट्रवादी छवि चुचुरोमा पुगेको छ । छिमेकी मुलुकसागको सम्बन्ध पनि नबिगार्ने र आन्तरिक मामिलामा हुने हस्तक्षेपलाई पनि पूर्णरूपमा बन्द गर्ने गरी प्रधानमन्त्री प्रचण्डले प्रयास गरेमा उहााको लोकप्रियताले पनि शिखर चुम्नेछ र उहााको छवि राजनेताका रूपमा स्थापना हुनेछ । यत्ति मात्र होइन उहााले विगतमा आफौले गरेका प्रतिबद्धता तथा असमान सन्धिसम्झौतालाई पनि खारेज गर्ने वा पुनरावलोकन गर्न भारतसामु प्रस्ताव लैजाने र छिमेकी मुलुकका हिसाबले स्वेच्छाले भारतले नेपाललाई सहयोग गर्न चाहेको खण्डमा त्यस्तो सहयोगलाई भित्र्याएर महत्वपूर्ण काममा लगाउन सकेमा उहाामाथि भइरहेका शंका वा टीकाटिप्पणीहरू प्रशंसामा बदलिने निश्चित छ । यस्ता विषयमा ध्यान दिनसकेमा उहााको भ्रमण ऐतिहासिक र फलदायी हुने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here