रंगमञ्चमा सक्रिय हुने वसन्त चौधरीको संकेत

361

प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपका सदस्य वसन्त चौधरीको परिचय व्यवसायीका रुपमा मात्र सीमित छैन । सामाजिक कार्यदेखि कला र साहित्यमा समेत उनले देखाइरहेको सक्रियताले उनी व्यवसायीसागै साहित्यकार र समाजसेवीका रुपमा परिचित हुने गरेका छन् । उनी व्यवसायमा त सफल छन् नै साथै उनमा लुकेको कला तथा साहित्य क्षेत्रको प्रतिभाका कारण उनले करिब तीन वर्ष पहिलेदेखि ‘विश्व काव्य–यात्रा’ समेत सुरु गरेका छन् । यो अभियानको १७ औं श्रृंखला सम्पन्न भइसकेको छ । सामाजिक सञ्जालमा समेत सक्रिय चौधरी सञ्चारमाध्यमबाट भने सकेसम्म टाढा रहन चाहन्छन्, यसको कारणबारे उनी भन्छन्, ‘मलाई अन्तर्वार्तामा आत्मरतिको कुरा गर्न मन लाग्दैन । अन्तर्वार्ता भनेपछि अन्तस्करणबाटै वार्ता हुनुपर्छ भन्ने ठान्छु । ओठले बोलेर हुादैन, मनभित्रबाटै सत्य बोल्न सक्नुपर्छ । त्यसैले चाट्टचुट्ट–टाक्कटुक्क बोलेर मिडियामा आइरहन मन लाग्दैन ।’

कविता, गीत र गजलमा रुचि राख्ने वसन्तले हालसम्म तीनवटा नेपाली र एउटा हिन्दी भाषाको कवितासंग्रह प्रकाशित छन् । त्यस्तै आठवटा गीतका एल्बम समेत सार्वजनिक गरेका छन् । त्यसमध्ये ६ वटा नेपाली र दुईवटा हिन्दी गीतका एल्बम रहेका छन् । उनले आगामी दिनमा थप कवितासंग्रह पनि प्रकाशित गर्ने तयारी गरेका छन् भने हिन्दी गजल संग्रहको पनि तयारी हुादै छ । साहित्य क्षेत्रमा सशक्त उपस्थिति जनाइसकेका वसन्त आफूलाई यस क्षेत्रमा प्राथमिक तहको विद्यार्थी नै सम्झने गर्छन् । नेपालको प्रकृति नै कला, साहित्य र संगीतमय रहेकाले हरेक क्षेत्रमा सर्जकहरु रहेको उनको भनाइ छ । उनले आफ्नो व्यवसायलाई बजारीकरण गर्ने कलालाई आफ्नो सिर्जनाको बजारीकरणमा पनि उपयोग गर्न सफल भएको जनाउाछन् ।

बेला–बेलामा वसन्तलाई एउटा कुराले निकै तनाव दिन्छ, त्यो हो उनको अन्तरस्करणबाट तयार पारिएको सिर्जनालाई कतिपयले ‘पैसा छादै छ, लेखायो होला !’ भनेर प्रतिक्रिया जनाउनु । उनी आफूले निरन्तर लेखिरहेकाले अनुमानका आधारमा आउने त्यस्ता प्रतिक्रियाहरु आफौ निस्क्रिय भएर जाने जनाउाछन् । वसन्त यस क्षेत्रमा सक्रिय हुनका लागि उनको पारिवारिक पृष्ठभूमिले भूमिका खेलेको होइन भन्छन्, तर आफ्नो पुस्तासम्म आइपुग्दा उनीसहित अन्य परिवारका सदस्यहरु पनि कला, साहित्य र संगीतमा सक्रिय रहेका छन् । स्कुले जीवनबाटै लेखन सुरु भएका उनले पहिलोपटक सानोठिमीस्थित सरकारी स्कुल ‘आदर्श बहुउद्देश्यीय विद्यालय’को वार्षिक कार्यक्रममा पहिलो कविता सुनाएका थिए । कसैको उत्प्रेरणाले नभई आफ्नै अन्तस्करणको रुचिमा यस क्षेत्रमा लागेका उनलाई न त लेखकको व्यक्तित्वले प्रभावित बनाउाछ न उसले लेखेको शब्दबाट ।
कला तथा साहित्यप्रति विशेष रुचि रहेका वसन्तले सन् २०१३मा बेलायतबाट विश्व काव्ययात्रा सुरु गरे । बेलायतका लागि पूर्वनेपाली राजदूत तथा वसन्तका साथी डा. सुरेशचन्द्र चालिसेले फुर्सदको समयमा बेला–बेलामा संगीत र त्यसमा पनि गजल सुन्ने गर्थे । त्यतिबेला वसन्तले चालिसेलाई आफ्ना कविता पनि सुनाउाथे । वसन्तले साथीसाग आफ्नो काव्य–यात्राको जन्मकथा पनि भनेका थिए । साथी राजदूत भएकै बेला उनको बेलायत जाने कार्यक्रम परेको थियो । त्यसबेला चालिसेले प्रेमपूर्वक दूतावासमा वसन्तका कवितावाचनको कार्यक्रम राख्ने प्रस्ताव गरे । बेलायतमा रहेका नेपाली साहित्यका उच्च कोटीका पाठकबीच कविता सुनाएपछि उनले सुझाव पाए– यस्तो कार्यक्रम त विश्वभर गर्नुपर्छ । त्यसपछि नै विश्व काव्य–यात्राको अवधारणा बनेको वसन्तको भनाइ छ । रातोपाटीका लागि कला अनुरागीले चौधरीसाग कला तथा साहित्य क्षेत्रको विषयमा कुरा गर्दै वसन्तभित्र लुकेको प्रतिभाको बारेमा जिज्ञासा राख्दा उनले आफूभित्र एउटा कलाकार लुकेर बसेको र आफू छिट्टै रंगमञ्चमा उत्रिने जनाए । यसलाई उनले आफ्नो सबैभन्दा अन्तिम इच्छा पनि रहेको जनाएका थिए । तर उनले आफ्नो रंगमञ्च यात्रा कहाा–कहिले सार्वजनिक हुन्छ भन्नेबारेमा भने खुलाएनन् । उनले आफ्नो स्कुले जीवनमा नाटक खेलेको सम्झिादै भने, त्यसैबेला आफूभित्र कलाकारिताको बीउ रोपिएको र अब यो क्षेत्रमा एकचोटि आफ्नो उपस्थिति जनाउने ठूलो रहर रहेको जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here