स्वदेशमा निर्मित ढाका खादाको प्रवद्र्धन किन नगर्ने ?

222

राज्यलक्ष्मी शाक्य

पछिल्लो समय नेपालमा विदेशबाट आयातित खादाको सट्टामा ढाकाबाट निर्मित खादाको प्रयोग ह्वात्तै बढेको छ । विभिन्न कार्यक्रमहरु जस्तै सम्मान, स्वागत तथा विदाई लगायतमा विशेषगरी बौद्धमार्गीहरुले प्रयोग गर्ने विदेशबाट आयातित खादाहरु प्रयोग हुने गरेकामा त्यसलाई विस्तारै नेपालमै निर्मित ढाका खादाले विस्तापित गर्न थालेको छ । हुन त हालैमात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा निर्मित खादामा प्रतिबन्ध नै लगाएको थियो । मन्त्रालयले आफू मातहतका ४० वटा निकायहरुलाई त कुनै पनि कार्यक्रममा विदेशबाट आयात भएका खादा प्रयोग नगर्न लिखित निर्देशन नै दिएको थियो । तर पछि संस्कृतिमन्त्रीमा जीवन शाही नियुक्त भएर आएपछि उनले यो निर्णयलाई खारेज गरिदिएका छन् । नेपालमा पहिलेदेखि नै विदेशबाट आयातित खादा बौद्धमार्गीहरुको आस्थासाग जोडिएको भन्दै सरकारको व्यापक विरोध भएपछि नवनियुक्त मन्त्रीले मन्त्रालयले गरेको निर्णय लागू नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो आलेख तयार पार्नुको उद्देश्य कुनै धर्म वा जातिको आस्थामाथि प्रहार गर्नु होइन । उनीहरु आफ्नो धर्म र आस्थालाई निरन्तरता दिन स्वतन्त्र छन् र हुनु पनि पर्छ । तथापि कसैको धार्मिक आस्थामा चोट नपुग्ने गरी स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि भने सबैले पहल गर्न आवश्यक देखिन्छ । पछिल्लो समय नेपालमा निर्मित ढाका खादाको प्रयोग जुन रुपमा भइरहेको छ, यसले केही सम्भावना र अवसरहरु पनि देखाएको छ । वार्षिक झण्डै २० करोड रुपैयााबराबरको विदेशी खादा आयात हुने नेपालमा सम्भवत: आयात भएको सबै खादा धार्मिक प्रयोजनमा प्रयोग हुादैन । हरेकजसो कार्यक्रममा प्रयोग हुने आयातित खादाको महत्व हुादाहुादै पनि यो कतिपय अवस्थामा दुरुपयोग समेत हुने गरेको छ । कारण हो यसको सर्वत्र प्रयोग । जसले गर्दा कुनै समुदाय वा धर्मको अपमान समेत हुने गरेको छ । यस्तो अवस्थामा कुनै समुदायको धार्मिक आस्थासाग जोडिएका कार्यक्रमहरुमा आयातित खादा प्रयोग गरे पनि अन्य कार्यक्रम तथा प्रयोजनका लागि स्वदेशी खादाको प्रयोग गर्न सक्ने हो भन यसले कैयाौ फाइदा पुर्‍याउन सक्छ । जस्तो सामान्यतया नेपालमा उत्पादन हुने ढाकाको खादा वातावरणमैत्री छ, यसलाई पुन: प्रयोग गर्न सकिन्छ, साथै सौन्दर्यका हिसाबले पनि यो निकै राम्रो देखिन्छ । यी त भए स्वदेशी खादाका केही गुणहरु । त्यसबाहेक स्वदेशी खादाको प्रयोगमा जोड दिन सक्ने हो भने आयातका लागि विदेशमा पठाउनुपर्ने ठूलो रकम स्वदेशमै प्रयोगमा आउाछ । स्वदेशी खादाको प्रयोग बढ्दै जाादा यसबाट रोजगारीको अवसर सिर्जना हुन्छ भने यसको प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय स्तरसम्म निर्यातको वातावरण बनाउनसके मुलुकको अर्थतन्त्रमा पनि निकै ठूलो सहयोग पुग्छ । पंक्तिकार आफौ पनि मनकामना ढाका उद्योगमार्फत ढाकाका खादा उत्पादनमा संलग्न रहेकाले पंक्तिकारको अनुभवले यो उद्योगमा रोजगारी गर्नका लागि कुनै महत्वपूर्ण शैक्षिक योग्यताको आवश्यकता पर्दैन । त्यस्तै ढाका खादा उद्योगमा अधिकांश महिलाहरुले रोजगारी पाइरहेका छन् । त्यसमध्ये पनि सामान्य शैक्षिक योग्यता भएका, विपन्न तथा एकल महिलाहरु पनि यस क्षेत्रमा सक्रिय रहेका छन् । यसको अर्थ हो, सामान्य आर्थिक अवस्था भएका पछि परेका र सहाराविहीनहरुका लागि पनि यो उद्योगले आत्मनिर्भर बनाउन सहयोग गरिरहेको छ । यस्ता महत्वपूर्ण पक्षलाई मध्यनजर गर्दै स्वदेशमा निर्मित खादाको प्रयोगलाई प्राथमिकतामा राख्नसकेमा यसबाट मुलुकलाई कैयाौ फाइदाहरु हुन्छन् । तर स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नाममा कसैको आस्थामाथि चोट पुर्‍याउने काम भने कसैले पनि गर्नुहुादैन । बरु आयातित खादासाग स्वदेशी खादाले प्रतिस्पर्धा गर्ने अवस्था सिर्जना गर्ने र स्वदेशी खादाप्रति आम मानिसहरुको आकर्षण बढाउन सकिन्छ । यस्तो भएको खण्डमा स्वत: स्वदेशी खादा उद्योगले फस्टाउने अवसर प्राप्त गर्छ । जसले गर्दा अन्तत: कुनै विवादविनै स्वदेशी उत्पादनले महत्व पाउाछ ।

नेपालमा ढाकाबाट निर्मित खादाप्रतिको नागरिकहरुको आकर्षण निकै नै बढिरहेको देख्न सकिन्छ । यसका आफ्नै केही विशेषताहरु समेत रहेका र स्वदेशी उत्पादन समेत भएकाले यसको प्रवद्र्धन स्वाभाविक र आवश्यक छ तर त्यो कसैको आस्थामा चोट पुर्‍याएर होइन, प्रतिस्पर्धाबाट मात्र सम्भव हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here