दीपेन्द्र रोकाया
यसबीचमा म कर्नालीको विकट जिल्ला हुम्लाका गाउाहरूमा हिड्दै थिएा । गाउालेहरूको विचार तथा दिनचर्या हेर्दै, सुन्दै र खोजवीन गर्दै अगाडि बढिरहेको थिए । हिड्ने क्रममा रेडियो सुन्न पनि कतिपय बेला पाइएन । जिल्लाका सबै ठाउामा मोवाइल लाग्दो रहेनछ । फोन सम्र्पकबाट बिच्छेद हुनु पर्दा उही पुराना दिनहरूको याद आउने तथा छटपटाहट हुने गर्यो । मैले सिमकोटदेखि रिमीसम्मको यात्रा र लिमीतिरको रैवार सकेसम्म बटुल्दै थिएा । यो यात्राको क्रममा जे जस्ता कुरा देखो, ति भन्दा पनि सरकारले घोषणा गरेका कुराले मेरो ध्यानाकर्षण गरायो । मैले यसबारे केही कुरा लेख्नैपर्ने भयो ।
शिक्षा दिवशका दिन महादेव उमावि दार्ममा प्रमुख अतिथि बन्ने सुअवसर मिलेको थियो । त्यो स्कुलको एकातिर सम्बृद्धिका लागि शिक्षामा लगानी विषयक वतृत्वकला चल्दै थियो, अर्कातिर विद्यालय भवनमा गाई, गोरु तथा भैसी बानिएको देख्न पर्यो । यसले यहाा विद्याप्रति देखिएको संवेदनशिलता र गैरजिम्मेवार कार्यशैली एकै ठाउामा देखेको थिएा । त्यसैदिन नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा सम्बोधन गरेछन् । त्यस सम्बोधनमा कर्नालीका जनताले जन्मदा र मर्दा २० केजी चामल पाउने स–गर्व घोषणा गरेछन् । यो कुरा मैले अर्को दिन मेल्छामका जनताले सह बोलाउादै गर्दा थाहा पाएा । एक जना आमैले भन्नुभयो कि ‘हामीकहाा धान फल्दैन तर जाबो २० केजी चामलमा जन्मन र मर्नपर्ने कुरा सरकारले गरेको सुन्न पर्दा उदेक लाग्यो ।’ ती आमैले स्क्लका शिक्षक तथा स्थानीय विभिन्न संस्थाहरूमा काम गर्नेहरूसाग भनेको कुराले म गम्भीर भएा । त्यहाा थप कुरा गर्ने वातावरण बनेन । त्यस सााझ पुमा, कुती हुादै भुवा कल्लाास पुगेर वास बस्दा रेडियो खोलो । स्याा मात्र आयो । फोन गरे । आधा कटिएको बोली सुन्ने दु्ई तीन कल कुरा गर्न पाइयो । २० केजी चामलको कुरोको चुरो थाहा पाएा । हाम्रो प्रधानमन्त्रीलाई यसखाले सुझाव दिएर कस्ले फसायो होला ? भन्ने लाग्न थाल्यो । म २०५५ सालयता कर्नालीमा नुन चामलको राजनीतिमा तिखो आलोचना गर्दै कलम चलाउादै आएको छु । यस घोषणालाई पनि आलोचना नगरी बस्न सक्ने अवस्था रहेन ।
दोस्रो जनआन्दोलनका बेलादेखि मैले संवैधानिक कर्नाली विकास आयोगको माग गर्दै आएको छु । केही लिलिपुटहरू मलाई आफ्नो नोकरीको दुनो सोझ्याउन यो माग गर्यो भनी ठान्दा रहेछन् । हुन त मेरो योग्यता, क्षमता र अनुभवका आधारमा संवैधानिक जिम्मेवारी बहन गर्न सक्तछ्ु तर यतिबेला संविधान र कानुनका हिसावले मेरो उमेरले यस्ता पदमा म बस्न पाउादिना । मेरो मागको अर्थ हो, कर्नालीको ढुङ्गा माटो चिनेको र केही गरौ भन्ने इच्छाशक्ति भएको मान्छेले मात्र कर्नालीको खास विकास गर्न सक्तछ । कर्नाली विकास आयोगको विषय चर्चा गर्नुको कारण यो हो कि म हुम्ला जानु अघि प्रधानमन्त्री प्रचण्डलाई मैले कर्नालीको स्वाभिमान उठाउने आधार यो विषय हो भनी स्झाएको थिएा । उनले पहिलो पटक डोल्पाको सदरमुकाममा पुगी अब कर्नालीको ऋण तिरिन्छ भनी दिएको प्रतिक्रिया यता मैले करिब चार दर्जन लेख लेखो हुाला । यतिबेलासम्म प्रधानमन्त्री प्रचण्ड यस विषयप्रति क्लियर नभएको पाएा । मैले यी कुरा जोडदार रूपमा समाजमा उठाइरहनुको कारण हो, कर्नालीका मान्छेले संवैधानिक निकायमा काम गर्ने अवसर पाए मात्र केही नयाापनको महसुस गर्ने आधार भेटाउने छन् । यस्तो कुरालाई बिर्सिएर जन्मदा र मर्दा २० केजी चामल दिने घोषणाले निरन्तर परनिर्भर बनाइरहने कार्यको निरन्तरता दिएको छ । मेरो अध्ययनमा २०३२ सालयता हुम्लामा नियमित पठाइएको चामलको हिसाव गर्दा यदि त्यो रकम सडक निर्माणमा लगाएको भए करिव ६०० कि.मि. सडक निर्माण भइसकेको हुने रहेछ । यस्तै जलविद्युतमा लगानी गरेको भए करिब ५० मेगावाट विद्युत उत्पादन भई वितरण भइसकेको हुने रहेछ । यो स्थितिको ब्रेक गर्न मुलुक चलाउाछु भनी राज्यसत्तामा पुग्नेहरूले सोच्नपर्ने कुरा हो । नेपाल सानो छ । तर यहााको विशेषता निकै धेरै छन् । यहााको प्राकृतिक सम्पदाको महत्व बोध गर्न सकेमा क्रान्तिकारी पहलकदमी लिन सक्ने आधार छन् ।
यति हुादा पनि अहिलेसम्म उत्तर र दक्षिण हेरेर आफ्ना नीति तथा कार्यक्रम बनाउने ध्याउन्न राख्नुले गर्दा देशले कााचुली फेर्न सकेको छैन । जनताले चाहेको परिवर्तन भएको छैन । इतिहासको माग पूरा हुन पाएको छैन । तर यस बीचमा उर्जा मन्त्री जर्नादन शर्मा ‘प्रभाकर’ ले एउटा नयाा साहस देखाएको पाइयो । त्यो के भने कर्नालीका जनताले जलविद्युतका लागि प्रति परिवार एक लाख ऋण शेयर दिने घोषणा भएको पाइयो । यसले कर्नालीका गाउाघर, बजार, चोक र सदरमुमामका सरकारबारे भइरहेको आलोचनालाई विषयान्तर गर्ने कार्य यस निर्णयले गरेको छ । सबैतिर स्वागत भएको पनि पाइयो । तर नेपाली समाजमा स्वागतभन्दा विरोधका कुरा निकै छिटो प्रशारित हुने रहेछ । कर्नालीबारे निर्णय लिदा म बारम्बार दोधारा, चाादनीका जनताको मनोविज्ञानलाई आत्मसात गरी भन्दछु कि नेपालको नक्सा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छ भन्दा गलत हुन्छ । महाकाली पारी पनि नेपाल छ भन्ने बुझ्नु पर्दछ । त्यस्तै विगतको सम्पन्न कर्नालीमा निरन्तर दमन तथा राज्यसत्ताले ध्यान दिन नसक्नुको कारण दुर्गम, अर्कै ग्रहको जस्तो देखा परेको हो । त्यहाा पनि हामीजस्तै मान्छे छन् भन्ने सोच्न सके कर्नाली विश्वको पर्यटकीय गन्तब्य हो ।
यहााको सम्पदाहरूको विकास गर्न सके जडीबुटी तथा खानी बेचेर लिनेभन्दा बढी फाइदा लिन सक्ने थियौ । यस विषयमा सरकारी मान्छेहरूको घैटोमा घाम लाग्ने दिन कहिले आउला ? भन्ने लागिरहेको छ ।












