काठमाडौं/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा संयुक्त रूपमा जारी २५ बुादे वक्तव्यलाई राष्ट्रघाती कदम भनेको छ । महासचिव चन्दले गत शनिबार विज्ञप्ति जारी गर्दै भारत भ्रमणमा रहेको दुई देशबीच जारी संयुक्त वक्तव्य राष्ट्रघाती भएको भनेका छन् ।
प्रधानमन्त्री प्रचण्डले महाकाली, पञ्चेश्वर, माथिल्लो कर्णाली र अरुण तेस्रो जस्ता सम्झौतालाई भारतको चाहनामा कार्यान्वयनमा लैजानु विगतदेखिको राष्ट्रघाती कदम भएको चन्द माओवादीको धारणा छ ।
‘२५ बुादे सहमतिप्रति हाम्रो पार्टीको ध्यान गम्भीररूपले तानिएको छ । उनीहरूबीच भएका सहमतिले विगतमा भएका राष्ट्रघाती सम्झौतालाई निरन्तरता दिएको मात्र नभई थप राष्ट्रघात गर्न पुगेको छ’, महासचिव चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसप्रति नेपाली जनताको प्रतिनिधित्व गर्ने पार्टीका दृष्टिले हाम्रो पार्टीको गम्भीर असहमति र विरोध रहेको छ ।’
विज्ञप्तिमा जनतालाई २५ बुादे संयुक्त वक्तव्यको विरोध र प्रतिवाद गर्न आग्रहसमेत गरिएको छ । आफ्नो पार्टीले भारतसाग प्रधानमन्त्री दाहालले गरेको २५ बुादे संयुक्त वक्तव्यको डटेर विरोध गर्ने र त्यो सम्झौता कार्यान्वयन हुन नदिन आन्दोलनमा उत्रने चेतावनी पनि चन्दले दिएका छन् ।















