काठमाडौं/ खाने नुनका लागि समेत सारा काम त्यागी दिनको माया मारेर लाइन लाग्न जानुपर्ने र त्यही पनि नपाउादा रित्तो हात फर्कनुपर्ने कर्णालीवासीका अन्तस्करणको पीडालाई देखाउन सफल देखिएको छ नाटक ‘चाादीको घेरा’ ।
लेखक नरेश भण्डारीको पुस्तक ‘चाादीको घेरा’ लाई टीकाभक्त जिरेलले निर्देशन गरेका हुन् । उक्त नाटकले प्राकृतिकरूपमा धनी भए पनि राजनीतिज्ञ र जिल्लाका अगुवाको अरुचिका कारण पिछडिएको क्षेत्रका रूपमा रहेको कर्णालीको विकासमा ध्यान दिनुपर्ने आग्रह गरेको छ । नाटकमा एक लेखकले कर्णालीको जनजीवन र परिवेशलाई आधारित बनाएर पुस्तक लेख्न खोज्छ तर जब लेख्न थाल्छ तब कर्णालीका मृतात्माले उसलाई बारम्बार सताइरहन्छन् । ‘सिंहदरबारले हाम्रो ३६ वर्ष खायो’ उनीहरू सबैले त्यही कुरा दोहोर्याइरहन्छन् । तब उसले उनीहरूको मृत्युका कारणसमेत जान्ने मौका पाउाछ । पहिलो कथामा एक युवा जो सहरमा गएर पढ्न जाने तरखरमा हुन्छन्, पढेर आफ्नो ठाउाको विकास गर्न चाहन्छन् । आफ्नी प्यारी आमाले सहरमा गएर हराउने आशंका व्यक्त गर्दा गाउाको विकास गर्ने लक्ष्य आफ्नो रहेको बताउाछ । तर उसको सपना पनि त्यसै तुहिन्छ । रोग लागेर उपचार पाउनुअघि नै उसको आमाको मृत्यु हुन्छ । दलवीरे चैते जो नुनका लागि सधौ लाइनमा बस्छ । सधौ लाइनमा बस्दा पनि उसको पालो नआएपछि उसले पहिले १ नं.मा नै नाम लेखाउाछ । तर उसको नाम कहिल्यै पनि आउादैन, उसले नुन पनि पाउादैन । नुनकै लागि लाइन बस्दाबस्दै उसको मृत्यु हुन्छ ।
अनि सुरु हुन्छ ‘कालापहाड’ जानेको कथा । कर्णालीका मानिस भारतलाई कालापहाड भन्छन् । गरिबी, अभाव, अशिक्षाजस्ता कारण उनीहरू आफ्नो र परिवारको जीवन धान्नकै लागि भए पनि कालापहाड जान बाध्य हुन्छन् । जाने बेलामा युवा आफ्नो फर्कने मितिसमेत तय गरी उक्त मितिमा नफर्किए परिवारले आफूलाई ‘मरेको सम्झनु’ भनेर जान्छन् । गर्भवती श्रीमती र आमाबाबुलाई छाडेर जानुको पीडा ती युवामा प्रष्ट देखिन्छ । नि:शुल्क भनिएको प्रसूति सेवा समयमा नै लिन नपाउादा एउटी महिला सुत्केरी बेथामा प्राण त्याग्न विवश हुन्छिन् । उचित स्वास्थ्य सेवा नपाउनु र अकालमा ज्यान गुमाउनु त्यस क्षेत्रको नियति नै भएको यथार्थ उक्त कथाले चित्रण गर्दछ । छोरा विदेशिनु अनि बुहारीले सुत्केरी हुन नसकेर ज्यान गुमाएको चुपचाप हेरेर बस्नुसिवाय आमाबाबुले अरु केही गर्न सक्दैनन् । उनीहरू सबैका कथा लेख्दै आएका लेखक स्वयंको कथा पनि कम पीडादायी छैन । सपनाको देश अमेरिकामा मनग्य सेवासुविधासहितको खाइपाइ आएको जागिर छाडेर आफ्नै देशको पिछडिएको कर्णालीमा कथा लेख्न आइपुगेका हुन्छन् । उनकी श्रीमती जो सुखसयलमा बस्ने बानी परिसकेकी हुन्छिन्, उनी लेखकलाई अमेरिका फर्कन कर गर्छिन् । उनको आग्रह नमानेकै कारण लेखकसाग सम्बन्धविच्छेद गरी फर्कन्छिन् । लेखक कर्णाली क्षेत्रलाई पर्यटनमार्फत समृद्धितर्फ लैजानुपर्नेमा जोड दिन्छन् । सधौ हामीले ‘क’ बाट कमल भन्ने पढ्दै आएका छौा अब ‘क’ बाट कर्णाली भनेर पढ्ने बेला आएको छ भन्ने सन्देशलाई नाटकले देखाउन खोजेको छ । ‘सिंहदरबारले हाम्रो ३६ वर्ष खायो’ भन्ने मृतात्माको रहस्य पनि नाटकको अन्त्यमा खोलिन्छ । काठमाडौंवासीको औसत आयु ८२ वर्ष र कर्णालीवासीको ४६ हुने भएपछि दुई उमेरबीच ३६ वर्षको अन्तर हुन्छ । कर्णालीवासी काठमाडौंवासीभन्दा ३६ वर्षअघि नै मर्न विवश भएको यथार्थ नाटकमा देखाइएको छ ।
नाटकमा कर्णालीकै मौलिक भाषाको प्रयोग भएकाले यसले दर्शकलाई त्यहााको स्थानीय भाषासाग परिचित मात्र नगराई छुट्टै स्वाद पनि पस्केको छ । नाटकको विषयवस्तु अत्यन्त गम्भीर रहे पनि बीचबीचमा खेलेको देउडाले थप मनोरञ्जन पनि प्रदान गर्दछ । कर्णाली क्षेत्रका मानिसको दु:ख, पीडा, असहज, अभावलाई देखाइए पनि त्यहााको प्राकृतिक सुन्दरतालाई नाटकमा प्रस्तुत गर्न भने चुकेको छ । नाटकका निर्देशक जिरेल भन्छन्, ‘कर्णालीलाई हामीले कथामा मात्र पढेका छौा । त्यसलाई भाषा, शैली र जीवनयापनमा भुल्नु निकै असहज थियो, तर सबै कलाकारको अहोरात्र खटाइ र मिहिनेतका कारण यो सम्भव भएको हो ।’
नाटकमा कलाकार राम केसी, शिवप्रसाद अधिकारी, हेमन्त अर्याल, नीतु पोखरेल, धु्रवसागर थापा, अमृता खनाल, महावीर विश्वकर्मा, जितेन्द्र खड्का, रामकृष्ण तिमल्सिना, भीष्म जोशी, शिक्षा केसी, आकांक्षा जिसी र रिदम श्रेष्ठको अभिनय प्रशंसनीय छ । यही भदौ २९ गतेदेखि नेपाल पर्यटन बोर्डमा मञ्चन भइरहेको उक्त नाटक आइतबारसम्म चल्ने बताइएको छ ।