भारतको नेपाललाई भुटानीकरण गर्ने रणनीतिमा दाहालद्वारा सहमति

185

हुकुमबहादुर सिंह

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले दिल्लीको भ्रमण सकेर नेपाल फर्केका छन् । उनले आशा गरेका थिए, उनको भ्रमणबाट मोदी उनका लागि दाहिना हुने छन् । र उनका विरोधीले उनको सरकारमाथि लगाउने गरेको भारतीय प्रभुको अशिर्वादको आरोप मिथ्या प्रमाणित हुने छ । तर मोदीको सक्कली अनुहार त उही थियो–नाकाबन्दी । दिल्ली इतिहासदेखिको उसका छिमेकीहरूमाथिको हैकमवादी र विस्तारवादी चिन्तनबाट त मुक्त त थिएन । र, यही विस्तारवादी सोच नै अहिले पनि दाहालको भ्रमणमा उनका अगाडि ठिंगै उभियो । उनको भ्रमणलाई लिएर स्वयं उनकै पार्टीका वरिष्ठ नेता नारायणकाजीले प्रतिक्रिया दिंदै भनेका छन्– ‘प्रचण्ड चुक,े पार्टी फस्यो ।’ (सााघु असोज ३, २०७३) त्यसमा जोड दिंदै उनले सोही पत्रिकामा भनेका छन्– ‘जुन कुरा गर्नु हुादैन भन्ने लागेको थियो, त्यही कुरा गरे प्रचण्डले, बर्बादै भयो हेर्नुस् ।’

दाहाल र मोदीको संयुक्त वक्तव्यमा जम्मा २५ बुादा छन्, जसको ११ नम्वर बुादामा लेखिएको छ–‘…….प्रमुख अन्तर्राष्ट्रिय विषयहरूमा दुई मुलुकको समान विचार रहेको विश्वास व्यक्त गरिएको छ ।’ भनेर भनिएको छ । दुईवटा स्वतन्त्र र सार्वभौम देशको अन्तर्राष्ट्रिय नीति कसरी समान हुन्छ ? यसो भनेर भारतले नेपालबाट उसको भुटानको विदेश नीति नेपालको परराष्ट्र नीतिका रूपमा कार्यान्वयन होस् भन्ने चाहेको र उल्लेखित बुादामा सहमति गरेर दाहालले नेपालमाथि भारतको भुटानीकरणलाई सैद्धान्तिक स्वीकृति दिएका छन् । र यसरी नेपालको परराष्ट्र मामलामा दिल्लीको हस्तक्षेपलाई सकारात्मक रूपले स्वीकार गर्ने शायद उनी नेपालको पहिलो गणतन्त्रवादी प्रधानमन्त्री भएका छन् । विगतमा उनले उनकै पार्टीका अर्का नेता बाबुरामलाई दिल्लीसित उनको सम्बन्धलाई लिएर जे जस्ता आरोप उनीमाथि लगाएर पार्टीभित्र आफूलाई राष्ट्रवादी नेताको छवि बनाउन सफल भएका थिए, जो अहिले त्यो सबै आफ्ना कााधमाथि बज्रिन आएको उनले पत्तै पाएनन् । परिणाम अहिले उनकै अर्का नेता नारायणकाजीवाट उनीमाथि उक्त अभिव्यक्ति आएको छ ।

माओवादी केन्द्र बनाएर नेकपा (क्रान्तिकारी माओवादी)को एउटा ठूलो शक्तिलाई उक्त केन्द्रमा समाहित गराउन सफल देखिएका बादल–गुरुङको देशभक्ति पनि पानी फोका बनेर ‘तै चुप मै चुप’को अवस्थामा देखिएको छ । नारायणकाजीले त कम्तिमा आफ्ना असहमति बाहिर ल्याएका छन् तर बादल भने एउटा विचारविहीन उपभोक्तावादी संस्कृतिभित्र आफूलाई भविष्यको पार्टी अध्यक्षको सपनामा नै हराउन उचित ठानेको देखिएको छ । बादल–गुरुङको रणनीति विचारविहीन भएरै दाहालको नजिकमा रहेर जे  –जसरी हुन्छ नारायणकाजी समूहको अस्तित्वलाई उक्त पार्टीभित्रबाट निमिट्यान्न पार्ने र आफू र आफ्नो समूहलाई माकेभित्र स्थापित गराउने रहेको छ । उनी र उनको समूह माकेभित्र एउटा अवसरवादी र विचारविहीन  ‘हिजोको मिलेरावाद आजको माक्र्सवाद हुन सक्छ ।’ भन्ने उद्घोष गर्दै नेकपा(क्रान्तिकारी माओवादी)लाई विभाजन गराएर एमाओवादीमा प्रवेश गराएरका थिए । र, अहिले उनका पछाडि लागेका बुद्धिजीवीहरूको राष्ट्रियता पनि दाहलसागै बगेर गएको छ ।

अहिले आम नेपालीको बीचमा बहसको विषय दाहालले नेपालको आजसम्मको स्वतन्त्र वैदेशिक नीतिलाई समाप्त पारेका छन् भन्ने छ । विदेशी फोरममा भारतलाई सहयोग गर्ने भनेको नेपालको अवस्था स्पष्टत: भूटानको हो । यो सिधै राष्ट्रघात हो । उनको यो सहमतिले नेपाल र नेपालीको शिर निहुरिएको छ । त्यसको साथै भारतीय लगानीका परियोजनाको अनुगमन भारतीय दूतावाससित मिलेर नेपाल सरकारले गर्ने भन्ने सहमति पनि अर्को एउटा गलत सहमति भएको छ । यसरी नेपालको सार्वभौमिकतामाथि प्रचण्डले यति छिट्टै किन दिल्लीको आशिर्वादमा चढाए, आम बहसको आवश्यकता छ । माओवादी केन्द्रका आफूलाई क्रान्तिकारी र देशभक्त भन्नेहरूले नेपाल र नेपाली जनतालाईके जवाफ दिने हुन् ? हेर्ने समय आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here