दाहालको दिल्ली भ्रमण र माओवादी केन्द्रप्रति आकर्षित बुद्धिजीवीहरू

97

हुकुमबहादुर सिंह

नेपालको प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहालले दोस्रो दिल्ली भ्रमण नेपाली कांग्रेससितको गठबन्धन सरकारको नेतृत्व गर्दै गरे । उनको पहिलो भ्रमण उनकै आफ्नो पार्टीको प्रचण्ड बहुमत तर अर्को वामपन्थी पार्टी एमालेसितको गठबन्धनमा भएको थियो । उनको पहिलो कार्यकाल त्यस्तो कार्यकाल थियो, जसमा भारतसहित समग्र दक्षिण एशियाका प्रगतिशील खेमामा जबर्जस्त उत्साहको लहर थियो र भारतीय सत्ता तथा समग्र प्रतिक्रियावादी खेमामा एक प्रकारको डर, चिन्ता तथा अन्यौलता छाएको थियो । हुन पनि उनले विदेशी प्रभुका अगाडि नझुक्ने उद्घोष गरेका थिए र त्यो विदेशी प्रभु अरु कोही नभईं दिल्लीको सत्ता थियो । तैपनि एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई साथ लिएर दिल्लीले पुष्पकमल दाहाललाई नेपाली सेनाको प्रधानसेनापति जो दिल्लीको आशीर्वाद र नेपाली कांग्रेसको इशारामा प्रचण्डविरुद्ध विषवमन गरिरहेको थियो, उसैलाई आधार बनाएर दाहालको सरकारको पतन गराउन सफल भएको थियो । सरकारबाट हटे पनि उसबेला दाहालको राजनीतिक उाचाइमा खासै कमी आएको थिएन । यद्यपि त्यसबेला पनि उनले पार्टीभन्दा बाहिर गएर दिल्ली भ्रमणका दौरान नौमुलेजस्ता केही गलत सम्झौता नगरेका पनि थिएनन् । तर अहिले उनले जे–जसरी र जुन मनोबलका साथ दिल्ली भ्रमण गरे, त्यसले उनको विगतको भ्रमणको प्रभाव एकदमै उल्टो भएको छ । यसै सन्दर्भलाई औल्याउादै पाकिस्तानी प्रधानमन्त्रीले भनेका छन्– ‘भारत हामीलाई पनि भुटान र नेपालजस्तै बनाउन चाहन्छ, जो कदापि सम्भव छैन ।’ त्यसैगरी चीनका विभिन्न विद्वानहरूले उनको भ्रमणबारे नकारात्मक टिप्पणी गर्दै विभिन्न पत्रपत्रिकामा लेखहरू लेखेका छन्, ती सबैले एउटै के स्पष्ट सन्देश दिएका छन् भने प्रधानमन्त्री दाहालले आखिरमा त्यही गरे, जो नेपालका विगतका प्रधानमन्त्रीले गर्दैआएका थिए । ‘भारतीय सुरक्षा छातामुनी नेपाललाई राख्ने भारतको विगतदेखि अहिलेसम्मको रणनीतिको कार्यान्वयन ।’ तर अहिलेको दाहालको भ्रमणमा त भारतीय मिडियादेखि समग्र प्रतिक्रियावादी शक्ति तथा व्यक्तिहरूले विजयको खुशियाली मनाएका छन् भने नेपालको नराम्रो हार भएको महसुस गरिएको छ ।

दिल्ली इतिहासदेखिको उसका छिमेकीहरूमाथिको हैकमवादी र विस्तारवादी चिन्तनबाट त मुक्त थिएन नै, र यही विस्तारवादी सोच नै अहिले पनि दाहालको भ्रमणमा उनका अगाडि ठिङ्गै उभियो । र, उनी नेपालका एकजना भूृतपूर्व क्रान्तिकारीबाट एउटा प्रतिक्रियावादी खेमातिर सर्न थालेकोजस्तो देखिएको छ । शायद बादलले प्रचण्डलाई रूपान्तरण गर्न सकिन्छ भन्दै नेकपा (क्रान्तिकारी माओवादी)लाई प्रचण्डको पार्टीमा विलिन गराएका थिए, यसैका लागि रहेछ भन्ने अहिले स्पष्ट बन्दै गएको छ । हुन त त्यसबेलैमा उनी र उनीसित एमाओवादीमा जानेलाई भन्ने गरिन्थ्यो– ‘यिनीहरू कहाा क्रान्ति र प्रचण्डको रूपान्तरणका लागि गएका हुन् र ? यी त आफ्नो र परिवारको भरणपोषण र पद प्राप्तिका लागि गएका थिए ।’ मलाई यो भनाइभित्र त्यति विश्वास लागेको थिएन । तर नभन्दै अहिलेको दाहालको यो पतनउन्मुख दिशालाई आलोचना गर्ने हिम्मत किन गरेनन्– बादल र गुरुङले ?, बरु उनकै पार्टीभित्रका अर्का नेता जसलाई यो समूहले गैरक्रान्तिकारी भन्ने गर्दथ्यो, उनको आवाजमा राष्ट्रियताको दम देखिएको छ ।

अहिले आम नेपालीको वीचमा बहसको विषय दाहालले नेपालको आजसम्मको स्वतन्त्र वैदेशिक नीतिलाई समाप्त पारेका छन् भन्ने नै रहेको छ । जब चीन र पाकिस्तानका सरकार र बुद्धजीवीहरूले उनको त्यो दिशा देखिसकेका छन् । भारतको जालोमा फसिसकेका दाहाललाई स्वतन्त्र देखिरहेका नेपालका बुद्धिजीवीहरू, खासगरी माओवादी केन्द्रप्रति आकर्षित बुद्धिजीवीहरूले एकपटक ‘वादशाहको नयाा लुगा’ भन्ने कथा पढ्ने कि ? यसबाट थाहा लाग्ने छ कि किन नेपालका बुद्धिजीवीहरू प्रचण्डभक्ति मै आफूहरूलाई राख्न चाहन्छन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here