प्रचण्डको गल्ती कि मोदीको अशोभनीय चाला ?

115

–निमकान्त पाण्डे–

एक महिनामा दुईपटक भारतको भ्रमण गर्ने अवसर पाउनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले के बनाउन खोजेका हुन् भन्ने चासो सर्वत्र बढेको छ । राजकीय सम्मानका साथ भारतमा आमन्त्रण गरेका बेला भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री प्रचण्डलाई आफ्नोसमेत नेता मानेको भनेर फुक्र्याएका थिए । यो खुशीको खबर प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीको बैठकमा समेत राख्नु भयो । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा गरेको २५ बुादे सहमतिपत्रका केही बुादाहरू नेपालमा निकै विवादको विषय भइरहेका बेला दोस्रोपटक भारत भ्रमण गर्ने अवसर प्राप्त भयो । दोस्रोपटकको भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई वास्तवमै दुई छिमेकी मुलुकहरू चीन र भारतलाई मिलाएर अगाडि बढ्ने आफ्नो चाहना प्रष्ट रूपमा राख्नुभएको कुरा चर्चामा आयो । त्रिपक्षीय सहकार्यका निम्ति आफूले दुवै छिमेकी देशका नेताहरूसाग सवर्ग प्रस्तुत गरेलगत्तै भारत सरकारले विरोध जनायो । भारतले आफ्नो स्वार्थ मात्र हेर्ने गर्दछ भन्ने अर्काे उदाहरण यो घटना बनेको छ । त्रिपक्षीय सहकार्यको प्रस्तावमै असहमति जनाउनुपर्ने भारतको बाध्यता के हो ? प्रधानमन्त्री प्रचण्डले पहिलो भारत भ्रमणका क्रममा गरेको सहमतिपत्रको बुादा नं. ११ विपरीत भारतले आफूलाई प्रस्तुत गरेको रूपमा यो घटनालाई विश्लेषण गर्न सकिन्छ । अन्तर्राष्ट्रियजगत्मा भारत र नेपालले सहकार्य गर्नेछन् भन्ने उक्त ११ नम्बर बुादाको आशय हो । भारतले नेपालबाट आएको त्रिपक्षीय सहकार्यको प्रस्तावमै असहमति जनाउादा उक्त बुादाको आशय विपरीतको काम हुन पुगेको छ ।

नेपाल र भारतले अन्तर्राष्ट्रिय जगतमा सहकार्य गर्नेछन् भन्नुको अर्थ भारतको स्वार्थमा मात्र नेपाललाई लम्पसार गराउन चाहनु हो भन्ने भारतपक्षको बुझाइ स्पष्ट रूपमा देखियो । प्रधानमन्त्री प्रचण्डले भारतीय पक्षको असहमतिप्रति खासै टिप्पणी नगरे पनि भारतको असहमतिले त्रिपक्षीय सहकार्यलाई बाधा पुर्‍याउने देखिएको छ । यसले गर्दा नेपालले आफूलाई दुई छिमेकी देशहरूको पुल बन्ने आफ्नो इच्छा देखाउादै आएकोमा भारतको सहयोग नहुने प्रष्ट संकेत गरेको छ । भारतको असहमतिको प्रतिक्रियालगत्तै चीनले त्रिपक्षीय सहकार्यका लागि विशेष जोड दिएको छ । उत्तरको छिमेकीले व्यवहारमा नेपालसित सहकार्य गर्ने इच्छा देखाउनु तर लिखितममा सहकार्यको निम्ति संयुक्त विज्ञप्तिसमेत जारी गरेको भारतले सहकार्यप्रति असहमति जनाउनु आश्चर्यजनक हो ।

राजा वीरेन्द्रले नेपाललाई शान्तिक्षेत्र घोषित गर्न अन्तर्राष्ट्रिय जगतमा प्रस्ताव गरेका बेला भारत एक मात्र अर्घेलो बनेको थियो । भारतकै कारणबाट शान्तिक्षेत्रको प्रस्ताव अधुरो हुन गयो । दक्षिण एशियाली क्षेत्रमा भारतले देखाउादै आएको अत्यन्त असहिष्णुतापूर्ण व्यवहारले यो क्षेत्र हरेक क्षेत्रमा पछाडि परेको छ । यस क्षेत्रका कुनै मुलुकलाई आतंकवादको चपेटामा पुर्‍याउने र कुनै मुलुकलाई आफ्नैतर्फबाट दु:ख दिएर सताउने काममा भारतको सत्तापक्ष निकै निर्लज्जतापूर्वक उत्रिने गरेको छ । यही परिवेशमा निर्धारित सार्क सम्मेलनसमेत स्थगित हुन पुगेको छ । यो अवस्थाले भारतको छिमेकी देशहरूप्रतिको वक्रदृष्टिलाई छर्लंग्याएको छ । नेपालका प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी जीनपिङबीच दुई पक्षीय वार्ता भइरहेका अवस्थामा अत्यन्त अशोभनीय तरिकाले वार्ताकक्षमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रवेश भएपछि त्यस्तो अशोभनीय कामलाई समेत प्रधानमन्त्री प्रचण्डले ‘ढुंगा खोज्दा देउवा पाएजस्तो’ भनेर सकारात्मक रूपमा प्रस्तुत गर्नुभयो । प्रधानमन्त्री प्रचण्डको यो सदाशयतालाई भारतपक्षले सद्भावपूर्ण ठान्न सकेन । त्रिपक्षीय सहमति आफूहरूको विचार नरहेको भनेर खण्डनसमेत गरिएपछि भारतीय प्रधानमन्त्री मोदीको प्रवेश झनै दुराशयपूर्ण साबित हुन पुगेको छ । नेपालका प्रधानमन्त्री प्रचण्डले दुई ठूला छिमेकी देशका नेताहरूका बीचमा त्रिपक्षीय सहकार्यको प्रस्ताव राख्न पाउादा आफूलाई अभिभावकीय अवस्थामा पाउनु स्वाभाविक हो । तर छिमेकी देशका समकक्षीले यो अभिभावकीय भूमिकालाई ठाडै अस्वीकार गर्न पुगेका छन् भन्ने कुरा उनको सरकारका तर्फबाट आएको खण्डनले स्पष्ट गरेको छ । मोदीको भनाइमा प्रचण्ड उनकासमेत नेता मानिए पनि काम गराइमा मोदीले आफूलाई संसारकै सम्पन्न मुलुक अमेरिकाको आशीर्वाद प्राप्त व्यक्तित्व ठान्न पुगेका छन् र अरु सबैलाई उनी बुख्यााचा ठान्दछन् भन्ने यो ज्वलन्त घटना बन्न पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here