जब आकाशबाट पानीसागै माछा वर्षिन थाले

200

भारतको राजस्थानस्थित भरतपुरमा हालै अचानक आकाशबाट माछा खस्न थाले । आकाशबाट माछा वर्षिन थालेपछि मानिसहरूमा हंगामा मच्चिन थाल्यो । मानिसहरूले सुरुमा त केही मेसो पाएनन् । तर पछि चाल पाए कि आकाशबाटै वर्षाको पानीसागै माछाको पनि वर्षा भएको रहेछ ।

भरतपुर जिल्लाको रूपबास इलाकामा बिहीबार राति भएको वर्षाका क्रममा आकाशबाट माछा पनि झर्न थाले । मानिसहरूले आफ्नो घरको छानोमा पनि केही खसेको आवाज सुने । पछि हेर्दा त आफ्नो आागन, छत तथा सडकमा समेत माछाको विस्कुन देखियो ।

यद्यपि आकाशबाट माछा खसेको यो पहिलोपटक होइन । यसअघि पनि कैयन् ठाउामा यसरी वर्षाको पानीसागै माछा खसेको घटना सार्वजनिक भएको थियो । मुम्बई पूणे राजमार्ग तथा आन्ध्रप्रदेशमा पनि यस्तै घटना भएको थियो ।
तर वैज्ञानिकहरूले भने यस्तो घटनालाई सामान्य रूपमा लिन्छन् । समुद्रमा आउने तीव्र गतिको तुफानका क्रममा उक्त तीव्र गतिको हावाले समुद्रमा भएका माछा तथा अन्य जीवहरूलाई उडाएर लैजान्छ । हावाको गति कम नहुन्जेलसम्म ती जीवहरू आकाशमै तैरिन्छन् । हावाको गति कम भएसागै भने माछा तथा अन्य जीवहरू जमिनमा खस्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here