‘मण्डले’ मन्त्रीको बजारमा प्रशंसा सुन्नु पर्दा

253

राज्यलक्ष्मी शाक्य

हाम्रो देश नेपालमा सबैभन्दा बढी कसैको आलोचना गरिन्छ भने ती हुन् राजनीतिक दलका नेता तथा सरकारमा सहभागी मन्त्रीहरू । राजनीतिक दलका नेताहरूले पूर्वप्रतिबद्धताअनुसार काम नगर्नु र सरकारमा सहभागी हुनेहरूले जनतालाई राहत मिल्ने काम गर्न नसक्दा यस्तो आलोचना तथा विरोध हुने गरेको हो । एउटा प्रणालीको विकास गरेर सहजै गर्न सकिने काम समेत सरकार र राजनीतिक दलका नेताहरूले गर्न नसक्दा जनताहरूको उनीहरूप्रतिको वितृष्णा बढ्न पुगेको हो । नेपालमा एक वर्षमा झण्डै दुईदेखि तीनवटासम्म सरकार परिवर्तन हुने गर्छन् । हरेक सरकारमा जम्बो मन्त्रीमण्डल हुने गर्छ । तर एउटा सरकारमा एउटासम्म मन्त्रीले पनि प्रशंसनीय काम गरेको सुन्न निकै कम पाइन्छ । तथापि कतिपय मन्त्रिमण्डलका सदस्यहरूले भने उत्कृष्ट काम गरेर समग्र सरकारकै इज्जत जोगाइदिएका उदाहरणहरू पनि बेला–बेलामा आउने गर्छन् । तथापि यस्ता उदाहरणहरू हातका औंलाले गन्न सकिने मात्र रहेका छन् ।

माथि अलिकति भूमिका बााधेपछि र शीर्षकले समेत यहाा उल्लेख गर्न खोजेको प्रसंगलाई प्रष्ट पारेकाले विषय प्रवेश गरौा । प्रसंग हो चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका सुपथ मूल्यका पसलको । राजधानीका विभिन्न स्थानमा सञ्चालनमा ल्याइएका सुपथ मूल्यका पसलहरूको व्यवस्थापन यसपटक प्रशंसा गर्न लायक देखिन्थ्यो । हुन त विगतमा पनि चाडपर्वका बेला यस्ता पसलहरू सञ्चालनमा नआएका होइनन् । तर विगतमा उपभोक्ताको गुनासो मात्र सुनिने यस्ता पसलमा यसपटक राम्रो व्यवस्थापनका कारण उपपभोक्ताको गुनासोभन्दा पनि प्रशंसा सुन्न पाउादा मन प्रसन्न भयो । पंक्तिकार आफौ पनि ती पसलहरूमा पुगेर आवश्यक सामग्रीहरू खरिद गरेकाले त्यहााको व्यवस्थापनका बारेमा बुझ्ने अवसर मिल्यो । अन्य उपभोक्तासाग पनि पंक्तिकारले सरकारले सञ्चालनमा ल्याएका सुपथ मूल्य पसलको सेवाका बारेमा प्रतिक्रिया लिादा अन्य उपभोक्ता पनि पंक्तिकारजस्तै सेवाबाट सन्तुष्ट देखिन्थे । विगतको तुलनामा यसपटक व्यवस्थापनमा सुधार हुनुको कारणबारे पसलमा खटिएका कर्मचारीहरूसाग जिज्ञासा राख्दा उनीहरूको जवाफ थियो, आपूर्तिमन्त्रीको सक्रियता । राम्रो व्यवस्थापनका कारण उपभोक्ताबाट प्रशंसा पाइरहेका कर्मचारीहरू यसको जस मन्त्रीलाई दिादै मन्त्रीको प्रशंसा गरिरहेका थिए । जुन विरलै सुन्न पाइन्छ ।

सरकारले उपभोक्ता अर्थात् नागरिकहरू चाडपर्वका बेला ठगिन नपरोस् भनेर अल्पकालका लागि सञ्चालनमा ल्याएका पसलहरूमा राखिएका दैनिक उपभोग्य सामग्रीहरूको मूल्य र गुणस्तरका बारेमा उपभोक्ता सन्तुष्ट देखिन्छन् । सीमित अवधिका लागि सरकारकै पहलमा सस्तो र गुणस्तर उपभोग्य वस्तु खरिद गर्न पाउादा दंग पर्ने उपभोक्ताहरू बााकी समय उपभोग्य वस्तुको मूल्य र गुणस्तरका बारेमा गुनासो गर्न बाध्य बन्नुपर्ने अवस्था छ । सरकार वा एउटा क्याविनेटको मन्त्रीको इच्छाशक्ति हुुुादा सीमित अवधिका लागि बजार व्यवस्थित हुन सक्छ भने दीर्घकालीन रूपमा उपभोक्ताले सस्तो र गुणस्तर वस्तु उपभोग गर्ने व्यवस्था गर्न कठिन छ जस्तो लाग्दैन । त्यसमाथि बजार नियन्त्रणकै लागि भन्दै सरकारले कैयाौ सरकारी निकाय तथा संघसंस्थाहरू सञ्चालनमा ल्याएको छ । तर यस्ता संघसंस्थाहरूको काम कारबाही तथा चाडपर्वको समयमा भन्दा अरु समयमा सरकारी निकायको भूमिका प्रभावहीन जस्तै हुने गरेको छ । यस्तो हुनुका पछाडि सम्बन्धित मन्त्रालय हेर्ने मन्त्री, अन्य जिम्मेवार कर्मचारीहरूको इच्छाशक्ति नहुनु वा कुनै स्वार्थका लागि काम गर्नुहुने भन्ने कुरा अब घामजस्तै छर्लङ्ग भएको छ । त्यसैले राज्यकोषबाट सेवा सुविधा लिएका नियामक निकायले उपभोक्ताको अधिकारको हनन हुादा मूकदर्शक बन्न मिल्दैन । चाडबाडका बेला आपूर्तिमन्त्री दीपक बोहरा आफौ सक्रिय भएर उपभोक्तालाई सहज र सुलभ सामग्री उपभोग गर्न पाउने अधिकारको प्रत्याभूत गरिदिए । यो उनले गरेको निकै प्रशंसनीय काम हो । तर यो केवल सीमित अवधिका लागि मात्र नभएर सधैं उपभोक्ताले राहत महसुस गर्ने किसिमको हुनुपर्छ । यसपटक आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका ‘मण्डले’ मन्त्रीको रुपमा आलोचितसमेत हुने गरेका मन्त्री बोहराले एउटा राम्रो कामको सुरुवात गरेका छन् । यसलाई दीर्घकालसम्म हुने गरी हालका मन्त्री बोहरा तथा आगामी दिनमा सोही मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी आउने मन्त्रीहरूले समेत पहलकदमी अघि बढाउन आवश्यक छ । यस्तो गर्नसकेमा सरकार र जनताबीचमा रहेको असमझदारी कम हुने र जनताले पनि राहत पाउने अवस्था सिर्जना हुन सक्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here