‘जात्रा’को हाउसफूल व्यापार

252

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ले राम्रो व्यापार गरेको छ । फिल्म लागेका सिंगल तथा मल्टिप्लेक्समा फिल्मले बम्पर ओपनिङ गरेको छ ।
चलचित्रको निर्माण पक्षले दिएको जानकारीअनुसार क्युएफएक्स तथा बिग मुभिजमा फिल्मको शनिबारको अकुपेन्सी शत प्रतिशत देखिएको थियो । त्यस्तै, फिल्मप्रति दर्शकको राम्रो चाप देखिएको छ । हेर्ने सबै दर्शकले तारिफसमेत
गरेका छन् ।
कमेडी जानरामा आधारित फिल्मलाई समीक्षक तथा दर्शकले पनि राम्रो चलचित्र रहेको तारिफ गरेका छन् । फिल्मको वर्ड अफ माउथ उच्च भएको कारण शनिबारबाट यो प्रकारको विजनेसले निरन्तरता पाएको छ ।
‘जात्रा’ले पैसाको कारण मानिसको जीवनमा आईपर्ने समस्या तथा त्यसलाई प्राप्त गर्न गर्नुपरेको संघर्षको कथ बोल्छ । प्रदीप भट्टराईले निर्देशन गरेको फिल्ममा रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, विपिन कार्की, वर्षा राउतलगायत लिड
अभिनयमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here