भालु बन्यो बिहेको प्रमुख अतिथि

265

बिहेमा बोलाइएका पाहुनामध्ये यदि प्रमुख अतिथिको रूपमा भालु आयो भने कस्तो होला ? आखिर मानिसहरूले आफ्नो बिहेलाई विशेष बनाउनका लागि के–केसम्म गर्न पछि पर्दैनन् भन्ने उदाहरण रुसमा फेला परेको छ । रुसको राजधानी मस्को सहरमा बस्ने नव दम्पती डेनिस र नेल्याले आफ्नो विवाहलाई विशेष बनाउनका लागि भालुलाई समेत निम्तो दिए विशेष भूमिकाका साथ ।
स्वयंवरमा बेहुलाले बेहुलीलाई दिने औँठी दिनका लागि भालुलाई जिम्मा दिइएको थियो । भालुको नाम ग्रिजली थियो । भालु यति समझदार थियो कि बेहुलीलाई औँठी दिनुका साथै उसले बेहुला र बेहुलीसँगै फोटो पनि खिचायो ।
ग्रिजली भालुले आफूहरूको बिहे समारोहको माहोललाई नै बदलिदिएको नवविवाहित दम्पतीको भनाइ छ ।्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here