हस्तकला मेलामा १० करोडको व्यापार

198

काठमाडौं÷ नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर १० गतेदेखि जारी १४औं हस्तकला व्यापार मेला तथा १२औं हस्तकला प्रतियोगिता अस्ति मंगलबार सकिएको छ । सो अवसरमा नेपाल हस्तकला महासंघका उपाध्यक्ष एवम् १४औं

हस्तकला व्यापार मेला समितिका संयोजक सुनील चित्रकारले मेलामा प्रत्यक्ष र परोक्ष गरी १० करोडबराबरको आर्थिक कारोबार भएको र करिब २ लाख अवलोकनकर्ताले मेलाको अवलोकन गरेको जानकारी दिए । समापन समारोहमा महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकला क्षेत्रले निर्यात व्यापारमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै रोजगारी सृजना गरेर गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेलेको जनाए । हस्तकला क्षेत्रले करीब १२ लाख व्यक्तिलाई रोजगारी प्रदान गरेको अध्यक्ष शाक्यले जनाए । समुचित कानुनी व्यवस्था र सांगठनिक संयन्त्रका साथै उपयुक्त पूर्वाधार, विकास, निर्यात व्यापार लक्षित प्रभावकारी कार्यक्रम ल्याउन सके हस्तकला व्यवसायलाई गाउँगाउँसम्म विस्तार गर्न सकिने पनि अध्यक्ष शाक्यले सो अवसरमा जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here