राजावादीहरूको आक्रामक अभियान

142

काठमाडौ÷ पूर्व पञ्चहरूका दुई पार्टी रापपा तथा राप्रमा नेपालका बीचमा एकीकरण भएपछि राजावादीहरू निकै उत्साहित भएका छन् । राजासहितको हिन्दु राज्यको एजेन्डालाई उठाउँदै आएका यी दुई दलका बीचमा एकता भएसँगै उनीहरूले विभिन्न दलमा असन्तुष्ट भएका तथा चर्चित कलाकारहरूलाई समेत आफ्नो पार्टीमा भिœयाउन सुरु गरेका छन् । दुई दलको एकीकरणपछि संसद संख्याको हिसाबले समेत बलियो बनेको राप्रपाले हिन्दूराज्य पुनस्र्थापनाका लागि आक्रामक अभियान सुरु गर्ने जनाएको छ । आफ्नो अभियानमा व्यापक जनलहर सिर्जना गर्नका लागि राप्रपाले केही चर्चित अनुहारलाई पार्टीमा भिœयाइसकेको छ भने अन्य कतिपयलाई पनि भिœयाउने तयारी गरिरहेको थाहा भएको छ ।
राप्रपाले हालैमात्र चर्चित गायिका कोमल ओली तथा चर्चित नायिका रेखा थापालाई पार्टीमा प्रवेश गराएको छ । हालै राप्रपामा प्रवेश गरेकी नायिका थापा पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो दल बनेको तत्कालीन एमाओवादीमा प्रवेश गरेकी थिइन । नयाँ संविधान जारी भएसँगै राजाकालीन स्थानीय संरचनालाई परिवर्तन गर्ने प्रयासका बीच प्रमुख तीन दलका बीचमा पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गराउने सहमति भएको चर्चापछि राजावादीहरू थप उत्साहित भएका छन् । उनीहरूले मुलुक अब २०४७ सालकै संविधानतर्फ अघि बढेको भन्दै ठूला दलहरू पनि आफ्नै एजेन्डामा आउन लागेको तर्क गर्न थालेका छन् । स्थानीय निकायको चुनाव पूर्व संरचनाअनुसार भएपछि संघीयता कार्यान्वयन थाँती लाग्ने लगभग निश्चितजस्तै देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here