सुनचाँदी, रत्न तथा आभूषणसम्बन्धी एउटै छाता संगठन बनाउने कोसिस गर्छु

265

मोहन सुनार अध्यक्ष, नेपाल सुनचाँदी व्यवसायी महासंघ
हालै सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघको चाँैथो वार्षिक साधारणसभाले मोहन सुनारलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष सुनार महासंघको २०७० भएको पहिलो महाधिवेशनमा वरिष्ठ उपाध्यक्षका रुपमा निर्वाचित भएका थिए । तनहुँमा सञ्चालनमा रहेको पशुपति सुनचाँदी उद्योगका सञ्चालकसमेत रहेका सुनार विगत लामो समयदेखि सुनचाँदी व्यवसायमा संलग्न रहेका छन् भने सुनचाँदी व्यवसायसम्बन्धी विभिन्न संघसंगठनमा समेत महत्वपूर्ण जिम्मेवारीमा रहेका काम गरिसकेका छन् । महासंघका नवनिर्वाचित अध्यक्ष सुनारसँग सुनचाँदी व्यवसायसँग सम्बन्धित रहेर स्वाभिमान नेपालले गरेको कुराकानीको सम्पादित अंश ः
सुनचाँदी व्यवसायमा कसरी र कहिलेदेखि आबद्ध हुनुभयो ?
सुनचाँदी व्यवसाय हाम्रो पुख्र्यौली पेशा हो । त्यसकारण यस व्यवसायमा सुरुदेखि नै आबद्ध रहँदै आइयो । तर आफैँले व्यक्तिगत रुपमा व्यवसाय सुरु गरेको वि.सं. २०३४÷०३५ देखि हो । पुख्र्याैली पेशालाई व्यवसायको रुप दिँदै हाल पूर्णकालीन रुपमा यसै व्यवसायमा संलग्न रहँदै आएको छु ।
हालै सम्पन्न महाधिवेशनबाट सुनचाँदी व्यवसायी महासंघको नेतृत्वमा पुग्नुभएको छ, तपाईंका प्राथमिकताहरु के–के हुन् ?
हाल यस व्यवसायमा विभिन्न किसिमका समस्याहरु छन् । ती समस्याहरुलाई समाधान गर्ने, यो व्यवसायलाई नयाँ ढंगबाट अघि बढाउने तथा सुनचाँदी व्यवसायको प्रवद्र्धन र सम्वद्र्धन गर्ने काम मेरो पहिलो प्राथमिकतामा रहन्छन् ।
सुनचाँदी व्यवसायमा कस्ता समस्या देख्नुभएको छ ? ती समस्याहरु कसरी समाधान गर्नुहुन्छ ?
पहिलो कुरा त व्यवसायीहरुलाई व्यवसाय गर्ने वातावरण छैन । २२ हजारभन्दा बढी व्यवसायीहरुलाई आवश्यक कच्चा पदार्थ छैन । व्यवसायीको मागअनुसार राज्यले पर्याप्त सुन उपलब्ध गराउँदैन । दोस्रो कुरा निर्र्देशिका तथा नीतिनियम पनि बनेका छैनन् । अनुगमनका नाममा राज्यले २०६९ मा व्यवसायीलाई तर्साउने तथा व्यवसाय नै तहसनहस पार्ने काम ग¥यो । व्यवसायीहरुको प्रतिष्ठामा आँच आउने काम ग¥यो । अनुगमनलाई व्यवस्थित गर्न सकियोस् भनेरै सरकारसँग नीतिनियम तथा निर्देशिका बनाउने सहमति भएको थियो तर सरकारले हालसम्म पनि कुनै पहल गरेको देखिँदैन । त्यस्तै, यो शान्ति सुरक्षासँग पनि जोडिएको व्यवसाय हो । तर आवश्यकताअनुसार सुरक्षाको व्यवस्था नहुँदा व्यवसायीहरुले त्रासमा काम गर्नपर्ने तथा कतिपय अवस्तामा चोरी डकैतीको शिकार हुनुपर्ने लगायतका समस्याहरु रहेका छन् । त्यसैले व्यवसायीको सुरक्षासम्बन्धी ऐनको पनि आवश्यकता छ । यस्ता समस्याहरुलाई समाधान गर्न सम्बन्धित सबैसँग सहकार्य गरी महासंघ अघि बढ्छ ।
तपाईंहरु नयाँ सरकार निर्माण भएसँगै सुनचाँदीसम्बन्धी निर्देशिका बनाउने भनेर लाग्नुहुन्छ, तर सरकारसँग सहमति भएको पाँच वर्ष पुग्दा समेत अहिलेसम्म बन्न सकेको छैन । यसका पछाडि के कारण हुनसक्छ ?
सुनचाँदी व्यवसाय यस्तो क्षेत्र हो, जसले राज्यलाई वार्षिक आठ अर्ब कर तिर्छ । तर राज्य भने यो व्यवसायप्रति जहिले पनि गैरजिम्मेवार हुने गरेको छ । हामी नयाँ मन्त्रीको आगमनसँगै यो क्षेत्रका समस्या तथा निर्देशिका बनाउने विषयमा छलफल गछाँै । तर विडम्बना एउटा मन्त्रीलाई हाम्रो समस्या राम्रोसँग बुझाउन नपाउँदै अर्काे मन्त्री आइदिन्छन् । अर्काे कुरा सरकारले विज्ञको अभाव देखाएर हाम्रो मागलाई सम्बोधन गर्दैन । जब कि हामी आफैं लामो समयदेखि यो क्षेत्रमा कार्यरत रहेकाले हामी आफैं पनि जानकार हुन्छाँै । तर सरकारले व्यवसायीमाथि विश्वास नै गर्दैन । अर्काे कारण भनेको सरकारको अदूरदर्शिता तथा चासो नहुनु पनि मुख्य कारण हो । हामी समस्या समाधानका लागि सक्दो लचक हुने कोसिस गर्र्छाैं तर राज्य गैरजिम्मेवार बनिदिन्छ । जसले गर्दा समस्या थप जटिल बन्दै गइरहेका छन् ।
तपाईंले पर्याप्त मात्रामा कच्चा पदार्थको अभाव भएको कुरा गर्नुभयो, व्यवसायीहरुले कसरी व्यवस्थापना गरिरहेका छन् त ?
हामीले सिजनका बेला दैनिक ६० किलो तथा अफ सिजनमा दैनिक ४० किलो सुनको माग गरिरहेका छाँै । तर सरकारले दैनिक १५ किलोमात्र सुन उपलब्ध गराउँदै आएको छ । यसले हाम्रो मागलाई धान्दैन । देशभरका व्यवसायीहरुलाई यसले धान्ने कुरा पनि भएन । तर राज्यले दिएन भनेर व्यवसाय बन्द गर्ने कुरा पनि भएन । त्यसैले जसरी हुन्छ चलाउनुपर्ने बाध्यता छ । त्यसका लागि व्यवसायीहरुले अफ सिजनमा बनाएका गरगहनाहरु सिजनका बेला बिक्रीवितरण गर्ने तथा ग्राहकहरुले ल्याएको सुनलाई प्रयोग गर्ने गर्छन् । सुन प्रयोगमा आइसकेपछि सकिने वस्तु नभएकाले ग्राहक तथा व्यवसायीहरुका बीचमै घुमिरहन्छ । त्यसैले व्यवसायीहरुले दुःख गरेर व्यवस्थापन गरिरहेका छन् । वि.सं. २०६६ सम्म सुनमा कोटा प्रणाली थिएन । पछि सरकारले कोटा प्रणालीको व्यवस्था गरेपछि व्यवसायीहरुले दुःख भोगिरहेका छन् ।
बेला–बेलामा सुन तस्करीको कुरा पनि आउँछ, यसैलाई मध्यनजर गरेर सरकारले कोटा प्रणाली लागू गरेको भनिन्छ नि ?
व्यवसायीहरुले सुन तस्करी गर्दैनन् । उनीहरु आफैसँग त सुन अभाव हुन्छ भने तस्करी टाढाको विषय हो । यदि कहीँकतैबाट तस्करी हुन्छ भने त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी त राज्यको हो नि ? कसैले गलत काम ग¥यो वा तस्करी ग¥यो भन्दैमा समग्र व्यवसाय वा व्यवसायीहरुलाई दुःख दिने काम त गर्नु भएन नि होइन र ?
पछिल्लो समय सरकारले बिल बीजकविनै सुनचाँदीको कारोबार गर्न दिने भन्ने किसिमका हल्लाहरु आइरहेका छन्, यसले व्यवसायीहरुलाई फाइदा वा नोक्सान के गर्छ ?
यसले झन् समस्या निम्त्याउँछ । विना बिल बीजक कारोबार गर्ने अवस्था सिर्जना भयो भने वातावरण बिग्रन्छ । व्यवसायलाई व्यवस्थित र अनुशासित बनाउनका लागि पनि बिल बीजकको आवश्यकता हुन्छ । त्यसैले महासंघ वा व्यवसायीहरुले विना बिल बीजक हुने कारोबारको समर्थन गर्दैनन् । हामी यस व्यवसायलाई थप व्यवस्थित बनाउन खोजिरहेका छाँै । त्यसैले कुनै कारणले यो व्यवसायमा समस्या निम्तन्छ भने हामी त्यसको पक्षमा हुँदैनाँै ।
महासंघको नयाँ कार्यकाल सुरु गर्ने सिलसिलामा महासंघमा केही असमझदारी पनि देखिएको थियो, आगामी दिनमा महासंघलाई व्यवस्थित, विवादरहित र प्रभावकारी बनाउनेतर्फ तपाईंको भूमिका कस्तो रहन्छ ?
नयाँ कार्यसमिति चयन हुँदै गर्दा नेतृत्वमा मेरोबाहेक अन्य साथीहरुको पनि दाबी भएको सत्य हो । तर कार्यसमित चयन हुनेबेलासम्म हामी एकै ठाउँमा आएर सहमति गरेका छाँै । यो सहमति तथा सहकार्य आगामी दिनमा पनि निरन्तर रहिरहन्छ । हामी साझा एजेण्डा बनाएर अघि बढ्छाँै । महासंघको हितविपरीत कोही अघि बढ्दैनाँै । बरु यस व्यवसायमा सबैभन्दा ठूलो र पुरानो संगठनका रुपमा रहेको यस संगठनलाई अझै विस्तार गर्छौं । हाल ४८ जिल्लामा रहेको महासंघ अब छिट्टै ६० देखि ६५ जिल्लामा विस्तार हुँदै छ । यत्ति मात्र होइन, हामीले समग्र सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रलाई समेत समेट्ने गरी एउटै छाता संगठन निर्माण गर्नेतर्फ अघि बढ्छाँै । यसका लागि सबै शुभचिन्तक तथा आग्रह व्यवसायीहरुको समेत साथ र समर्थन रहेको छ । अध्यक्षको हैसियतले महासंघको बृहत्तर हित र प्रवद्र्धनका लागि म सधैं प्रतिबद्ध छु । त्यसैले महासंघलाई थब बलियो र प्रभावकारी बनाउनेतर्फ मेरो प्रयास जारी रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here