कोही पनि नडुब्ने समुद्र

364

कोही कोही गहिरो पानीमा डुंगामा चढ्न पनि डराउँछन् । तर पृथ्वीमा एउटा यस्तो समुद्र छ जहाँ मानिस पौडी नै नखेली सजिलैसँग तैरिन सक्छ ।
संसारको सबैभन्दा होचो भाग पनि मानिने मृतसागर यस्तो समुद्र हो, जहाँ हाम फाल्दा पनि डुबिँदैन । मृतसागरको तटीय क्षेत्र पृथ्वीको सबैभन्दा होचो भूभाग हो । यो समुद्रको पानीमा नुनको मात्रा अत्यधिक भएकोले यसलाई नुनिलो सागर पनि भनिन्छ ।
मृतसागरको पानीमा नुनका साथै अन्य धेरै खाले लवणहरु पनि पाइन्छ, जो छालाका लागि लाभदायक हुन्छ । मृत सागरमा नुहाउनाले छालाका सबै रोग निको हुने मान्यता छ । मृत सागरमा तैरिनका लागि वर्सेसन लाखौँ पर्यटक पुग्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here