काठमाडौं÷ प्रभु बैंकले बीमा सेवा समेत दिने तयारी गरेको छ । सो कार्यका लागि बैंकले सुर्या लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । बैंकले गत फागुन २७ गते यी दुई संस्थासँग सम्झौता गरेको हो । यससँगै बैंकको जुनसुकै शाखाबाट पनि बैंकिङ सेवासँगै जीवन बीमा गराउन र प्रिमियम शुल्क भुक्तानी गर्न सकिने भएको छ ।

















