भूतको त्रासले राष्ट्रपति हैरान

160

ब्राजिलका राष्ट्रपति मिसेल टेमेरले भूतले दुःख दिएको भन्दै राष्ट्रपति भवन छोडेका छन् । राजधानी ब्रासीलियास्थित आलीशान एल्वोरेडा पैलेस छोडेका उनी उपराष्ट्रपति भवनमा गएर बसेका छन् । मिडिया रिपोर्टका अनुसार रातीको समयमा डरलाग्दा आवाज र छाया देखिने गरेको छ । राष्ट्रपति मिसेल टेमेर पत्नी र सात वर्षको छोरा लिएर उपराष्ट्रपति निवास पुगेका छन् ।
एल्वोरेडा पैलेसको डिजाइन ब्राजिलका प्रसिद्ध वास्तुकार अस्कर नाइमेयरले गरेका हुन् । एक स्विमिङ पुल, फुटबल मैदान प्रार्थनालय, चिकित्सा केन्द्र र ठूलो बगैचासमेत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here