नर्भिक हस्पिटल २५औं वर्षमा

719

काठमाडौं÷ नर्भिक हस्पिटलले आफ्नो २४औं वार्षिकोत्सवको अवसर पारेर विविध कार्यक्रमहरुको आयोजना गरेको छ । यस अवसरमा हस्पिटलले वार्षिकोत्सवको अवसरमा साइकल ¥यालीको आयोजना गरेको छ । नेपाल साइक्लिङ एसोसिएसनसँगको सहकार्यमा साइकल ¥याली गरिएको थियो ।

¥याली नर्भिक प्राङ्गण थापाथलीबाट सुरु भएर त्रिपुरेश्वर चोक, सुन्धारा, जमल, कमलादी सडक, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला, बत्तीसपुतली चोक, मध्यबानेश्वर, नयाँबानेश्वर, बबरमहल हुँदै नर्भिक प्राङ्गणमै आएर अन्त्य भएको थियो । कार्यक्रममा नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह र नेपाल साइक्लिङ एसोसिएसनका अध्यक्ष छिमी उक्र्येन गुरुङले सम्बोधन गर्नुभएको थियो । साथै, कार्यकारी निर्देशक सिंहले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
त्यसैगरी, वार्षिकोत्सवकै अवसरमा नर्भिक हस्पिटल र लायन्स क्लब अफ काठमाडौं हारती माताको संयुक्त आयोजनामा नर्भिक प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहलगायत हस्पिटलमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । रक्तदान शिविरमा जम्मा ५७ जना कर्मचारीहरुले रक्तदान गरेका थिए भने रक्तदाताहरुमध्ये नर्भिकको हाउस किपिङ विभागका प्रबन्धक रोहिणी भट्टराईले ५५ पटक रक्तदान गर्नुभएको अस्पतालले जनाएको छ ।
सोही अवसरमा स्वस्थ तन र मनसहित रोग रोकथामबारे जनचेतनाको अभिवृद्धि गराउन आयोजित प्रभातफेरि नर्भिक प्राङ्गणबाट सुरु भई त्रिपुरेश्वरचोक, सुन्धारा, रत्नपार्क, भद्रकाली मन्दिर, सहिद गेट हुँदैै फेरि नर्भिक प्राङ्गणमै आएर अन्त्य भएको थियो । कार्यक्रमको नेतृत्व नर्भिकका संस्थागत सञ्चार नायब महाप्रबन्धक आरपी मैनालीले गर्नुभएको थियो । सोही अवसरमा नर्भिक हस्पिटलको अन्तरङ सेवा प्राप्त गरिरहेका प्रत्येक शैयाका बिरामीहरुलाई स्वास्थ्यबद्र्धक फलपूmलका प्याकेट वितरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here