एसएलसी प्रिन्सेस २०१७ मा ४० प्रतियोगीहरू छनौट

78

काठमाडौं । मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस, मिस एयर होस्टेस, मिस टिन कलेज कार्यक्रमको निरन्तरतासँगै सिजन मिडिया प्रा.लि.ले एसईई दिएर बसेका युवतीहरूमा केन्द्रित गरी विगत ८ वर्षदेखि निरन्तर रूपमा गर्दै आएको (ह्वाट हाउस एसएलसी प्रिन्सेस २०१७) नामक कार्यक्रमको पहिलो अडिसन काठमाडौंको कमलादीस्थित सिजन मिडियाको कार्यालयमा सम्पन्न गरको छ । उक्त छनोट कार्यक्रमबाट ४० जना प्रतियोगीहरू छानिएका छन् ।

यसै वर्ष एसईई परीक्षा दिएर बसेका छात्राहरूको सहभागिता रहने उक्त प्रतियोगितामा काठमाडौं र नेपालभरबाट एसईई परीक्षा दिएका छात्राहरू सहभागी छन् । उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोहीअनुरूप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तिको रूपमा अगाडि आउन सहयोग गर्ने हेतुले कार्यक्रम गर्न लागिएको आयोजक जनाउँछन् । साथै, यसले उनीहरूको उच्च शिक्षा अध्ययनमा सहयोग र उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रमको निरन्तरता दिन लागिएकोे संस्थाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।

उक्त प्रक्रियाबाट छनोट भएका प्रतियोगीहरूलाई २०७४ साल वैशाख १७ गते आइतबारदेखि डेढ महिनासम्मको लामो अवधिको प्रशिक्षण दिइनेछ । प्रशिक्षणको क्रममा  पौडी, शारीरिक फिटनेश, फोटो सेसन, व्यक्तित्व विकाससम्बन्धी पनि प्रशिक्षण दिइनेछ । साथै, उच्च शिक्षाका लागि कलेजले लिने प्रवेश परीक्षाका लागि तयारी कक्षाहरू पनि अध्यापन गराइनेछ । विभिन्न सामाजिक संस्थाहरूको संस्थागत भ्रमण जस्तैः माइती नेपाल, बाल आश्रम, वृद्धाश्रम आदि मिडिया भिजिट, चन्द्रागिरि भ्रमण, काठमाडौं फन भ्याली भ्रमण, कल्चरल भिजिट, कलेज भिजिट र हस्पिटालिटीसम्बन्धी जानकारी प्रदान गर्न एक दिनको नगरकोट वा दामन भ्रमण  पनि गराइनेछ । साथै, विभिन्न कलाकारहरूसँगको अन्तत्र्रिmयाको पनि कार्यक्रमहरू रहनेछन् ।

समाज सेवाअन्तर्गत रक्तदान कार्यक्रम, बागमती सरसफाइ कार्यक्रम, फुटसल प्रतियोगितालगायत विभिन्न विधाहरूमा पनि आन्तरिक प्रतिस्पर्धाहरू हुनेछन् । स्टेज पफर्मेन्स क्याटवाक आदि विधामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नेछन्  ।

असारको पहिलोे साता उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले ‘एसएलसी प्रिन्सेस २०१७’ को ताज उपाधिसहित नगद रू. ५० हजार र उच्च शिक्षामा २ लाख रूपैयाँबराबरको छात्रवृत्ति साथै अन्य गिफ्टह्याम्पर पाउनेछन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः ३० हजार र २० हजार नगद तथा उच्च शिक्षामा १ लाख रूपैयाँबराबरको छात्रवृत्ति अन्य गिफ्टह्याम्पर प्राप्त गर्नेछन् । यसबाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनोट गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here