कमल थापा अब एमालेतिर

563

काठमाडौं/ राजसंस्था पुनस्र्थापनाको एजेण्डालाई प्रमुख मुद्दा बनाएर विगत दश वर्षदेखि आन्दोलनमा रहेका राप्रपा अध्यक्ष कमल थापाले आफ्नो राजनीतिक मुद्दा छोडेका छन् । पूर्वराजा ज्ञानेन्द्रसँग स्थानीय निर्वाचनमा सहयोग माग्न पुगेका थापाले निराशाजनक जवाफ पूर्वराजाबाट पाएपछि उनी पूर्वराजाबाट त्रूmद्ध हुन पुगेका छन् । थापाले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी फुटाउन खोजेको आरोपसमेत लगाएका छन् ।

आजीवन राजावादी बनेरै सत्तामा मोजमस्ती गर्दै आएका कमल थापाले अब एमालेतिर कोल्टे फेरेका छन् । कमल थापाले नेतृत्व गरेको राप्रपा अब कम्युनिष्ट पार्टीसँग सहकार्य गरी स्थानीय तहको चुनावमा उम्मेदवारी दिने भएको छ । यो समीकरणले गर्दा एकातिर एमाले नेताहरूको राजनीतिक चरित्र कमल थापासँग मिल्न पुगेको छ भने कमल थापामाथि लाग्दै आएको राजावादीको ‘कलंक’ पखालिन पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here