राष्ट्रिय उत्पादनलाई महत्व दिने विदेशनीति आवश्यक

125

नेपालको परराष्ट्र नीति पञ्चशीलमा आधारित भन्दाभन्दै अत्यन्त एकपक्षीय ढंगले असन्तुलित बन्न पुगेको छ । खासगरी उत्तर र दक्षिणका विशाल छिमेकी मुलुकहरू चीन र भारतको बीचमा अवस्थित मुलुक भएका कारणले नेपालको परराष्ट्र नीति यी दुई देशसँग समानतामा आधारित र सन्तुलित हुनु आवश्यक छ भन्ने कुरा सबैले महसुस गरिरहेको विषय हो । परन्तु यो विषयमा नेपालको सत्ता गम्भीर बन्न सकेको छैन । सत्ता भन्नाले जुनसुकै राजनीतिक दल वा संस्था भए पनि नेपालको सत्तामा पुुगेपछि छिमेकी दुई देशबीचको सम्बन्धमा सन्तुलन बनाउन सकेको पाइँदैन । उत्तरलाई आश्वस्त बनाउँदै दक्षिणतर्पm लपक्क लम्पसार पर्ने प्रवृत्ति नेपालका सत्तासीनहरूमा निरन्तर देखिंदै आएको छ ।

दक्षिणतर्पmबाट पटक–पटक हुने गरेका आर्थिक नाकाबन्दीले नेपालको परनिर्भरताको तस्बिर छर्लङ्ग बनाएको छ । दक्षिणतर्पm १ सय ७५ वटा व्यापारिक नाकाका रूपमा खोल्न सकिने सिमाना जोडिएको अवस्था छ । यो अवस्थालाई नेपालले १ सय ५९ वटा नाका प्रयोग गर्न पाउँदा नेपालको व्यापारिक अवसर ठान्ने गरेको छ । तथापि दक्षिणतर्पmका यी नाका प्रयोग गर्नुको कारण नेपाल र भारतबीच हुने व्यापारले नेपाललाई उत्पादन क्षेत्रमा आवश्यक कसरत गर्न नपर्ने वातावरण बनाइरहेको छ । कारण के हो त भने दैनिक उपभोग्य सामग्रीसमेत दक्षिणतर्पmबाटै आयात हुने अवस्थाले नेपालमा उत्पादनको आवश्यकता महसुस गरिएको छैन । जसका कारण नेपालले भारतसँग व्यापारघाटा व्यहोर्दै आउनुपरेको छ । अत्यन्तै असन्तुलित व्यापारिक सम्बन्ध भएका कारणले नेपाल–भारतबीचको व्यापारबाट नेपाललाई फाइदाभन्दा नोक्सानी नै बढी हुने गरेको छ ।

भारततिर मात्रै व्यापार निर्भर रहेकाले भारत निर्भर अर्थतन्त्रको तस्बिर नाकाबन्दीले स्पष्ट गरेको थियो । नेपालले देशको आर्थिक घाटा कम गर्न परनिर्भर हुने प्रवृत्ति त्याग्नुपर्ने महसुस सबै क्षेत्रबाट गरिएको छ । तर पनि परनिर्भर हुने प्रवृत्ति त्याग्नतर्पm पहल गर्न सकिएको छैन । परनिर्भर अवस्थाबाट मुलुकलाई मुक्त गर्न आन्तरिक उत्पादनलाई वृद्धि गरी राष्ट्रिय उत्पादनमा जोड दिनु आवश्यक हुन्छ । राष्ट्रिय उत्पादनको विकास नहुँदासम्म परनिर्भरताबाट मुक्ति पाउन सकिँदैन । राष्ट्रिय उत्पादन नहुँदासम्म देशको स्वाभिमान पनि कायम हुन सक्दैन । राष्ट्रिय उत्पादनले नै देशको आयस्रोत बढाउन सक्दछ र आयस्रोत बढ्यो भनेर देश आर्थिक रूपमा समृद्धि बन्न सक्दछ ।

त्यसैले राष्ट्रिय उत्पादनका लागि निजी क्षेत्रको सहभागितालाई आकर्षित गर्नु जरुरी हुछ । निजी क्षेत्रलाई राष्ट्रिय उत्पादनमा आकर्षित गर्नका लागि देशको आर्थिक नीति स्पष्ट हुनु जरुरी हुन्छ । परन्तु हाम्रो देशमा राष्ट्रिय उत्पादनमा लगानी बढाउन तर्पmभन्दा राष्ट्रिय पुँजीलाई विदेशतिर पलायन गराउने कार्यमा नेपालका उद्यमीहरूलाई बाध्यताभन्दा अवस्थ सृजना गराइएको छ । निजी क्षेत्रको सहभागिता बढाउनुपर्नेमा निजी क्षेत्रलाई पलायन हुन सहयोग पुग्ने कानुन भएका कारण देशले राष्ट्रिय उत्पादनमा विकास गर्न नसकेको स्पष्ट हुन्छ । नेपाल सरकार र नेपालका राजनीतिक दलहरूले यो विषयमा गम्भीरतापूर्वक छलफल चलाउनु जरुरी छ । भारतले नेपालमाथि नाकाबन्दी गरेको छोटो समयमै नेपाल अस्तव्यस्त हुन पुग्यो । यसको मुख्य कारण भनेको नै राष्ट्रिय उत्पादनतर्पm उद्यमीहरूलाई आकर्षित गर्न नसक्नु नै हो । छोटो समयको निम्ति भारतबाट लगाइएको नाकाबन्दीले नेपालको कमजोर आर्थिक अवस्थालाई स्पष्ट रूपमा चित्रण गरेको छ र नेपालको विदेश नीति सन्तुलित बनाएर राष्ट्रिय उत्पादनमा विशेष जोड दिनुपर्ने शिक्षा पनि दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here