राजेश हमाल एमालेको प्रचारमा

248

काठमाडौं । नायक राजेश हमाल गत शनिबार जनताको घरदैलोमा भोट माग्न पुगे । उनी एमाले उम्मेदवारको पक्षमा मत माग्न आफ्नो निवास क्षेत्रका घरहरूमा निस्किएका थिए । नेकपा एमालेका काठमाडौं महानगरपालिका वडा नम्बर २६ का अध्यक्षका उम्मेदवार देवेन्द्र रिमाललाई मतदान गर्नका लागि हमालले आग्रह गरेका हुन् ।

अध्यक्षका उम्मेदवार देवेन्द्र रिमालले गरेका सामाजिक योगदानबाट प्रभावित भएर हमालले चुनावी अभियानमा सहयोग गर्न तयार भएको जनाएका छन् । हमाल २६ नम्बर वडाको मतदाता हुन् । आफ्नो वडामा भएको घरदैलो कार्यक्रममा हमाल एमाले उम्मेदवार रिमालसहित कार्यकर्तासँग मत माग्न घरघरमा हिंडेका थिए ।

सूर्य चिह्न अंकित झण्डासहितको घरदैलो टोलीमा महानायक हमाल पनि सहभागी भएपछि उनी एमाले प्रवेश गरेको चर्चा सुरू भएको छ । ‘एमाले पार्टीका लागि भनेर मत माग्न हिँडेको हैन,’ हमालले प्रष्टीकरण दिए, ‘राम्रो उम्मेदवारका लागि मत मागेको हो ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here