४५ हजार सेना सडकमा उतारिंदै

138

काठमाडौं÷ यही वैशाख ३१ गते आइतबार बिहान ७ बजेदेखि हुन गइरहेको पहिलो चरणको स्थानीय तह निर्वाचनका प्रत्येक मतदान केन्द्रमा सुरक्षामा खटिएका प्रहरीले गोली हान्न पाउने अधिकार पाएका छन् । प्रहरी निरीक्षकको कमान्डमा कम्तीमा २८ जना प्रहरी एउटा बुथमा खटिने भएका छन् । ‘मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिई गोली चलाउन सक्ने’ अधिकारसहित गृह मन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ ।

पहिलो चरणको निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका लागि निर्वाचन आयोगले १८ हजार बुथ तय गरेको छ । प्रत्येक बुथमा म्यादी, प्रहरी, सशस्त्र र सेनाले सुरक्षा दिने भएका छन् ।

केन्द्रीय सुरक्षा समितिले निर्वाचन हुने तहहरूलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा विभाजन गरेको जनाइएको छ । विभाजनअनुसार कुन क्षेत्रमा कति सुरक्षाकर्मी खटाउने भन्ने निक्र्योल गरिएको छ । सुरक्षाकर्मी परिचालनको अवस्थाको आधारमा भित्री घेरा, मध्य घेरा र बाहिरी घेरामा विभाजन गरी प्रत्येक बुथमा सुरक्षा दिने रणनीति अख्तियार गरिएको छ ।

समितिले बनाएको विशेष सुरक्षा योजना अनुसार २३ हजार प्रहरी, २५ हजार म्यादी, १८ हजार सशस्त्र र करिब ४५ हजार सेना पहिलो चरणको निर्वाचनमा परिचालित हुँदै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here